वैशाख ५ गते २०७७

हिडेका मजदुर प्रति सामाजिक सञ्जालमा ब्यापक बिरोध पछि मजदुर नेताले मुख खोले(तस्वीर सहित)

बैशाख ५, काठमान्डौ ।
कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउनको असर परेको भन्दै मजदुरहरु हिडेर गन्तब्यमा जान थालेको दृष्यहरु प्रति सामाजिक सञ्जालमा ब्यापक बिरोध भयो । बिषेश गरि सत्तापक्षकै नेताहरु सरकार बिरुद्ध खनिए ।

उनिहरुले त्यति मात्र गरेन्न । मजदुर नेता शालिकराम जमरकट्टेलको नामै तोकेर सामाजिक सञ्जालमा बिरोध जनाए । मजदुर नेता बाट प्रदेश नं ३को आन्तरीक मामिला तथा कानुनमन्त्री बनेका जमरकट्टेल मजदुर प्रति अनुदार रहेको उनिहरुको आरोप थियो ।

सामाजिक सञ्जाल तातेपछि जमरकट्टेलले पनि मुख खोले । उनले सबै प्रमुख जिल्ला अधिकारी मार्फत मजदुरहरु लाई खाने बस्ने ब्यबस्था मिलाउने काममा लागिरहेको प्रतिकृया दिए ।

त्यसैगरि प्रदेश नं ५ को प्रदेश सरकारले पनि बटुवालाई खाने र बस्ने ब्यबस्था मिलाउने र्निणय गरेको छ । सरकारले बैशाख १५ गते सम्म लकडाउन घोषणा गरेपछि बिभिन्न क्षेत्रमा काम गरेका मजदुरहरु आफ्नो घरतर्m हिडेर जान थालेका हुन ।