वैशाख ५ गते २०७७

पौरखीले खाना नपाएकालाई निःशुल्क खाना ख्वाउने

बैशाख ५ , पोखरा ।
लामोदुरीवाट हिडेर आफ्नो घर जान हिडेका,वेसाहरा सडकबालबालिका ,खानाको समस्यामा परेका मजदुर लाई पौरखी समुहले पोखरामा खानाको ब्यबस्था गरेको छ । सो समुहले सबैलाई आ(आफ्ना टोल छिमेकमा कोहि भोकै भय टोल टोलका स्वंयम् सेवक सामाजिक कार्यकर्ताले वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ । समस्यामा परेकाले ९८५६०४१९२६,९८५६०२५४९६ मा सम्पर्क गर्न सक्ने बताइएको छ ।