वैशाख ८ गते २०७७
लकडाउनमा दाल, चिनी तेलमा कालोबजारी
बैशाख ८, लमजुङ्ग ।
लकडाउनको मौका छोपेर खाद्यान्नमा कालोबजारी गरेपछि बजार अनुगमन गरिएको छ ।
लमजुङ्गको राईनास नगरापालिका भित्र रहेका खाद्यान्न पसलहरुमा अनुगमन गरीएको हो । नेपाक कम्युनिष्ट पार्टी (नेकपा) राईनास नगरकमिटीको अध्यक्ष अबिरल न्यौपानेको नेतृत्वमा अनुमगन गरिएको बताइएको छ । अनुगमनका क्रममा खानेतेल मा प्रतिलिटर २० , साबुनमा प्रतिगोटा १० र दालमा प्रतिकिलो ३० रुपैया सम्म कालोबजारी गरिएको भेटिएको कमिटीका अध्यक्ष अबिरल न्यौपानेले जानकारी दिएका छन । मुल्य र्निधारणमा पनि असमानता देखिएको छ । चामल पनि प्रतिबोरा ८० रुपैयासम्म फरक परेको अनुगमनका क्रममा भेटिएको बताइएको छ । राईनासका १० ओटै वडामा अनुगमन गरिएको हो । वडा पार्टी समेतको परिचालन गरि खाद्यान्नको अबस्था र बिक्रि मुल्यको अनुगमन गरिएको बताइएको छ ।
लकडाउनको अबसर पारेर मुल्यमा जथाभावी गर्न थालेको गुनासो आएपछि अनुगमन गर्न परेको न्यौपाने जानकारी दिए । जिल्ला प्रसासन कार्यालय लमजुङ्गले भने खाद्यान्नको मुल्य बृद्धि नभएकोले कालोबजारी गरिएको भेटिएका कानुन बमोजिक कार्वाही गरीने जानकारी दिए । सप्लायर्स र बिक्रेता दुबै दोषी हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले बताए । स्थानिय स्तरमा खुलेआम कालोबजारी भएपनि स्थानिय सरकार मौन रहेको नेकपाले आरोप लगाएको छ । पालिका वा वडाका जनप्रतिनिधीहरुले यो बारेमा कुनै चासो नदिनु दुखद भएको नेकपा राईनासले बताएको छ ।