वैशाख ९ गते २०७७

तयारी खाना उपलब्ध हुन्छ पोखरामा

बैशाख ९ । पोखरा ।
कोरोना भाईरस बाट उत्पन्न परिस्थिती पछि सरकारले एकाएक दैनिक ज्यालादारीको लागि राहत घोषण गर्यो । बितरण कार्यबिधि बनाएर बितरण पनि गर्यो । तर राहत बितरणमा धेरै खाले समस्याहरु आए । बिषेशगरी हुनेखानेहरु पनि लाज नमानी राहतको लाईनमा उभिन थालेपछि स्थानिय पालिका तथा वडाहरुलाई पनि समस्या भयो ।
आधुनिक युगमा सरकार जनताको पक्ष छ भन्ने उदाहरण राज्यले राहत प्याकेज बाट दियो नै । तर सरकारको मर्मअनुसार नागरीहरुले भने उत्तरदायित्व बहन गर्नन् । उल्टै राहत नपाएपछि बखेडा निकाल्न थाले । तर पोखरा महानगरपालिकाले राहतमा परिस्कृत तथा ब्यबस्थित तरिका अपनाएको छ । महानगरको समन्वयमा अहिले पोखरा बिभिन्न वडामा तयारी खाना सहितको राहत बितरण हुन्छ । महानगरले उपलब्ध गराएको हटलाईन नं ११८१ मा फोन गरेपछि तपाईको वरपर खान नपाएको मानिस छ भने तरकारी र भात बोकेर मानिसहरु आउछन । त्यो पनि प्याकमा । यसरी ब्यबस्थापन चुस्त बनाउनुमा भने स्थानिय सरकार भएका कारण मात्र संभव भएको हो ।
यसै गरि अति विपन्न परीवार जस्को चुलो निभ्ने स्थिती आयमा कम्तिमा १,दिन अगाडी संमर्कगरेमा वसेकै ठाउमा राहात आइपुग्ने ब्यबस्था मिलाएकोले कोही कसैले पनि खान नपाएर मर्ने अबस्था नआउने पोखरा महानगरपालिका कार्यालयले जनाएको छ ।