वैशाख ९ गते २०७७
र्निबाचन क्षेत्रमा गुरुङ ः स्वास्थ्य सामाग्री बितरण
९ बैशाख,
बेलिना थापा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङको पहलमा लमजुङमा स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।
सचेतक गुरुङको पहलमा स्वास्थ्य सेवा विभागबाट स्वास्थ्य कार्यालय लमजुङमा स्वास्थ्य सामाग्री प्राप्त भएको हो । गुरुङको पहलमा व्यक्तिगत सुरक्षा सामाग्री ९पीपीई० ४० थान, एन ९५ मास्क ८० थान उपलब्ध भएको छ । सर्जिकल मास्क ५०० थान, ह्याण्ड स्यानीटाइजर ३० लिटर, सर्जिकल ग्लोब्स् २०० जोर प्राप्त भएको छ । उक्त सामाग्री प्रमुख सचेतक गुरुङले प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का र स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीलाई हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै सचेतक गुरुङले अहिलेको आवश्यकता भनेको स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री, सुरक्षा सामाग्रीको आवश्यकता रहेकाले सोही रुपमा सरकार लागेको उहाँले बताउनुभयो ।
देशमै उपलब्ध हुने सामाग्रीको व्यवस्थापन गरिने नभएका सामाग्री विदेशबाट भएपनि ल्याउनतर्फ सरकार लागेको उहाँले बताउनुभयो । उहाँले उपचारमा खटिने स्वास्थ्यकर्मीलाई अभिप्रेरित गर्न, मनोबल बढाउन, उत्साहित गर्ने हिसाबले प्रभावकारी ढंग र व्यवस्थित रुपमा परिचालन गरिने गुरुङले बताउनुभयो । उपचारमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन, व्यवस्थापन बलियो बनाउन सरकार लागिपरेको उहाँको भनाई छ ।
स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले स्वास्थ्य विभागबाट प्राप्त सामाग्रीले जिल्लामा कोरोना भाइरस संक्रमण फैलन नदिन र यसको नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । जिल्लामा कोरोना संक्रमण सम्भावित विरामीको चेकजाँच तथा उपचारमा सहज हुने बताउनुभयो । स्वास्थ्य कार्यालयमा आएको स्वास्थ्य सामाग्री जिल्लाका ८ वटा स्थानीय तहमा पठाइने उहाँले बताउनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य मधुमाया अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का, लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठलगायतको उपस्थिति थियो ।
सोही अवसरमा, प्रमुख सचेतक देवप्रसाद गुरुङले लमजुङ जिल्ला सामुदायिक अस्पतालमा निर्माण गरिएको ५ बेडको आइसोलेशन बार्डको अनुगमन गर्नुभएको छ । उहाँले अस्पतालमा कोरोना भाइरस सम्भावित विरामीको उपचारका लागि गरिएको पूर्व तयारी, स्वास्थ्य सामाग्रीलगायतको विषयमा जानकारी लिनुभएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो