वैशाख १० गते २०७७

राईनासका १८ जनाकै रिपोर्ट नेगेटिभ (नामावली सहित)

राईनास, लमजुङ ।बैखाख १० ।
बिस्व महामारीको रुपमा देखा परेको कोविड १९(नोवल कोरोना) भाईरस बाट बच्ने पुर्ब तयारी स्वरुप लमजुङ को राईनास नगरपालिकाले बिदेश बाट आएका थप नागरीकहरुको र्यापिड जाँच गरिएको छ ।
यसअघि पनि गरिएको जाँचमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो भने पछिल्लो परिक्षणका १८ जनाकै रिपोर्ट नेगटिभ आएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए ।
उनिहरु भारत लगायत बिस्वका बिभिन्न मुलुकहरु बाट नेपाल आएका थिए । यसैगरि पालिकाले अन्यत्र बाट पालिका प्रबेश गर्नेहरुलाई पनि अनिवार्य क्वारेन्टाईनमा राख्न थालेको छ ।