वैशाख १० गते २०७७

राईनासका असंगठित मजदुरहरुलाई राहत संगै घर पठाइयो


बैशाख १० ।
लमजुङको राईनास नगरपालिकामा रहेका असंगठित मजदुरहरुलाई आफ्नै जिल्ला पठाइएको छ । राईनास नगरपालिकाको पहलमा जिल्ला प्रसासन कार्यालय बाट पास बनाएर यातायातको ब्यबस्था गरि उनिहरुलाई घर पठाइएको हो ।
यसअघि पालिकाले दिएको राहत सकिएको र थप ब्यबस्थापनका लागि समस्या भएका कारण उनिहरुले घर जाने ईच्छा देखाएका थिए । माननिय प्रतिनिधिसभा सांसद देब गुरुङ को र्निदेशन तथा राईनास नगरपालिकोको समन्वय पछि ४२ जनालाई रुकुम,सल्यान र दाङ पठाइएको राईनास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । त्यसैगरि जिल्लामा रहका समस्यामा परेका अन्य मजदुरहरुलाई पनि बिभिन्न जिल्ला बस रिजर्भ गरेर पठाइएको माननिय देब गुरुङका स्वकिय सचिज कमल खड्काले जानकारी दिए । राईनास नगरपालिकाले ईटा भट्टीमा काम गर्ने १७४ जनालाई राहत बितरण गरेको छ । उनिहरुलाई चामल ५० बोरा, नुन ५० के.जि, तेल ५० लिटर र केराउ ५० के.जि उपलब्ध गराइएको प्रमुख प्रसासकिय अधिकृत अधिकारीले जानकारी दिए ।