वैशाख ११ गते २०७७
मध्यरातमा एकता, बिहान बिभाजन, दलदर्ताको प्रकृयामा दौडादौड
बिहीबार, ११ बैशाख,
काठमाडौं, बैशाख ११ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी ९राजपा० एकीकरणको घोषणा हुँदै गर्दा अर्कातिर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने निर्णय भएको छ ।
अब रेणु यादवको नेतृत्वको पार्टीले दलको मान्यता पाउने नपाउने भने निर्वाचन आयोगमा जुटेको र टुटेको मध्ये कुन पार्टी पहिला पुग्छ र आयोगले कुनलाई पहिले दर्ता गर्दै मान्यता दिन्छ भन्नमा निर्णय हुने भएको छ ।
यद्यपि, पार्टी फुटाउनकै लागि रातारात अध्यादेशसम्म ल्याउन प्रधानमन्त्री केपी ओली आफै लागेकाले आयोगमा प्रभाव पारेर जुटेकोभन्दा फुटेकोलाई पहिले मान्यता दिलाउने षडयन्त्र हुनसक्ने आशंका एकीकृत पार्टीमा देखिएको छ ।
यस्तोमा आयोगमा एकीकृत पार्टी पहिला दर्ता भएमा समाजवादी पार्टीको ४० प्रतिशत सांसद पुर्याएर पार्टी फोड्ने षडयन्त्र पूरा हुने छैन । एकीकृत पार्टीमा ३४ सांसद रहेकाले त्यसको ४० प्रतिशत फुटाउने पक्षले पुर्याउन सक्ने अवस्था छैन ।
यसअघि बुधबार राति नै सांसदसमेत रहेकी यादवको नेतृत्वमा समाजवादी पार्टी फुटाएर नयाँ पार्टी बनाउन अरु सात सांसद जुटेका थिए ।
यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ पार्टी फुटाउने पक्षमा उभिएका हन् । समाजवादी फोरमका प्रतिनिधि सभामा जम्मा १७ जना सांसद छन् ।
पार्टी फुटाउने पक्षकाले केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसक्ने भएपछि सरकारले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४०र४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने ऐन नै संशोधन गर्न अध्यादेश ल्याएको थियो