वैशाख ११ गते २०७७
अतिविपन्न ६ जनालाई सेवाआश्रममा
बैशाख ११ । राईनास ।
लकडाउनमा समस्यामा परेको बाँकी छ जनालाई राईनास नगरपालिकाले ब्यबस्थापन गरेको छ ।खाना र बस्नको समेत समस्यामा परेका नागरीहरुलाई समेत सरकारले ब्यबस्थापनको तयारी स्वरुप उनिहरुलाई राईनास न.पा भित्र रहेको सर्बोदय सेवा आश्रममा गास र बासको ब्यबस्था गरिएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार १ जना बच्चा सहित ६ जनाको ब्यबस्थापन भएको हो । राहतको सबै ब्यबस्था सहित उनिहरु आश्रममा बसेका छन । सेवा आश्रमले सहाराबिहिन बृद्धबृद्धाहरुको संरक्षण गर्दे आएको छ ।
यसैगरि लकडाउनको अबस्थामा सरकारी साधनको प्रयोग गरि राईनास आएको नेपाल सरकारका उप सचिव कमल अधिकारीलाई पनि घरमै क्वारेन्टाईनमा बस्ने ब्यबस्था मिलाइएको छ । प्रदेश नं २ बाट उनि राईनास आएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उनी बसेको क्षेत्रमा कोरोना संक्रमणको खतरा देखिएपछि राईनास आएको बताइएको छ । अधिकारी आएपछि वरीपरीका मानिसहरुमा सन्त्रास फैलिएको छ ।