वैशाख १४ गते २०७७

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।
अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो ।
संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।