एक्सन राईनास ः अखाद्य पदार्थ बिक्रि देखि कालोबजारी नियन्त्रण सम्म
गण्डकी सन्देश सम्वाददाता
बैशाख १५ । राईनास । लमजुङ्गको राईनास नगरपालिका भित्र पछिल्लो समय एक पछि अर्को जनमुखि एक्सन सुरु भएको छ । जनमुखि सासन तथा जनपक्षियका काममा पालिकाले पहल लिएपछि जनस्तरमा प्रशंसा सुरु भएको छ । कोरोना संकट समाधान संगै बजारमा कालोबजारी भएको यसअघि नेकपा राईनास पार्टी कमिटिको अनुगमन पछि गुनासो आएपछि पालिका भित्र छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा अखाद्य पदार्थ बिक्रि गरेको भेटिएकोले नष्ट गरिएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । पालिका भित्र कतिपय अनुमति नलिई म्याद सकिएका खाद्य पदार्थ बिक्रि गर्दे आएका पसलहरु सिल सेमत गरिएको उहाँले बताउनुभयो ।
अनुगमनमा नगरप्रमुख सिंहबहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, नगरका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, नगरकार्यपालिका सदस्यहरु, लमजुङ उद्योग बाणिज्य संघ राइनास ईकाइका उपाध्यक्ष टकेन्द्र सिलवाल, राइनास प्रहरी चौकी प्रमुख मेघबहादुर थापा, राष्ट्रिय उपभोक्ता मञ्चका जिल्लाध्यक्ष डम्बर अधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। अनुगमनका क्रममा उपभोग्य अवधि गुज्रिएका सामानको बिक्री बितरण भईरहेको, अधिकाँश पसलहरुको दर्ता नविकरण नै नभएको, व्यवसाय दर्ता नै नगरी सञ्चालन गरिएको, ईजाजतपत्र लिएर कारोबार गर्नुपर्ने सामानहरु बिना ईजाजत बिक्री वितरण गरिएको, खाद्य तथा अखाद्यवस्तु एकैठाउँमा राखेर बिक्री वितरण गरिएको, व्यवसाय सञ्चालनका न्युनतम प्रावधान समेत पालना नगरी आफुखुशी व्यवसाय गर्दै आएको भेटिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले बताउनु भयो ।
करिब २२ वटा व्यवसाय सञ्चालन गरिएकोमा त्यस्ता समस्याहरु भेटिएको उहाँले जनाउनुभयो। उहाँका अनुसार सो अवसरमा उपभोग्य अवधि गुज्रिएका खाद्य तथा पेय पदार्थ जफत गर्नुको साथै नष्ट गरिएको छ । यसअघि नगरपालिकाले स्वास्थ्य चौकीहरुमा पनि छड्के अनुगमन गरेको थियो । राहत बितरण, स्वास्स्थ उपकरण, दिर्घरोगिहरुलाई औषधी घरमै पु¥याउने काम पालिकाले निरन्तर रुपमा गरिएको नगरप्रमुख सिंह बहादुर थापाले बताउनु भयो । पालिकाले गरिव, विपन्न तथा असाहय नागरीकका लागि निरन्तर काम गरिरहेको उहाँको जोड छ ।
सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।सीआईबी स्रोतले राहुल अहिले सीआईबीकै नियन्त्रणमा रहेका जानकारी गराए...
Read More
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो। सडक...
Read More
चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका लागि चिनियाँ...
Read More
खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा एक बालिकाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ लामाटारीकी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो । सोही ठाउँस्थित पौवाटार सेरा...
Read More