वैशाख १९ गते २०७७

लकडाउनमा श्रीमानले यौनका लागि दबाब दिएको भन्दै प्रहरीमा उजुरी

एजेन्सी । लकडाउनमा काम बन्द भएपछि घरमै रहेका श्रमिानले आफूलाई लगातार यौन सम्बन्धका लागि दबाब दिइरहेको भन्दै एक महिलाले प्रहरी गुहारेकी छिन् । भारतको बैंगलोरकी ती महिलाका अनुसार मार्च २४ मा लकडाउन सुरु भएपछि नै उनका श्रीमानले नुहाउन छोडे । उनले नुहाउन मान्दैनन् तर जतिबेला पनि यौनका लागि मात्र दबाब दिइरहन्छन् । महिलाले बैंगलोरको महिला हेल्पलाइन ‘परिहार’मा फोन गरेर उजुरी दिएको टाइम्स अफ इण्डियाले लेखेको छ ।

पुलिस अफिसरहरुका अनुसार उनीहरुकहाँ आउने विभिन्न किसिमका उजुरीहरुमध्ये यस प्रकारका उजुरीहरु पनि आइरहन्छन् । लामो समयसम्म घरमै बस्नुपर्दा यस प्रकारका घटनाहरुले महिलाहरु मानसिक र शारीरिक शोषणमा पर्ने गरेको अधिकारीहरुले बताएका छन् । यस्तो समस्या भारतको नर्नाटक राज्यको बैंगलोरमा मात्र भएको होइन । अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतका देशमा पनि यसरी घरेलु मामिलामा पुलिस हस्तक्षेपको आग्रसहितका गुनासाहरु आउने गरेका छन् ।

पछिल्लो घटनामा बैंगलोरकी ३१ वर्षकी ती महिलाका श्रीमान किराना पसले हुन् र उनले लकडाउनपछि आर्थिक अभाव भएको भन्दै पसल खोल्न अस्वीकार गरेर घरमै बसिरहेका छन् । लकडाउन सुरु भएपछि उनले व्यक्तिगत सरसफाइमा समेत ध्यान दिन छाडेका छन् । यहाँसम्म कि लकडाउन सुरु भएपछि उनले नुहाएकै छैनन् । महिलाले भाइरल संक्रमणका बेला सरसफाइ महत्वपूर्ण हुने भन्दै श्रीमानलाई धेरै सम्झाइन् तर उनले श्रीमतीको कुरै सुन्दैनन् ।

उनले श्रीमतीले भनेको मान्दैनन् बरु श्रमितीलाई यौनको लागि दबाब दिइरहन्छन् । उनको ननुहाउने बानीलाई देखेर ९ वर्षकी छोरीले समेत नुहाउन छाडेकी छिन् । अहिले पिताको दैनिकी पच्छ्याउँदै छोरीले पनि नुहाउन अस्वीकार गर्न थालेकी छिन् । सिनियर काउन्सिलर बीएस सरस्वतीले टाइम्स अफ इण्डियासँग कुरा गर्दै ती श्रीमानलाई सरसफाइको महत्वबारे बुझाउने प्रयास गरेको उल्लेख गरिन् ।