राईनासका १० योङ्गस्टारः जसले लगाए पालिकाबासीमा मलम
गण्डकी सन्देश सम्वाददाता
बैशाख २१, लमजुङ्ग । युवाहरु तातेपछि जमिन हल्लीन्छ । धर्ति पनि डगमगाउछ । यो कुरा कुनै नेताले माहोलका लागि भनेको भाषण मात्र होईन । यो सत्य पनि हो । यो सावित राईनासका १० युवाले गरिदिएका छन । नकि कुनै प्रचार र सस्तो लोकप्रियताका लागि । कोविड १९(कोरोन भाईरस) कारण नेपाल लकडाउनको अबस्थामा छ । सरकारले पछिल्लो अबस्थालाई ध्यानमा राखेर एकाएक लकडाउन गरेपछि कोरोना बाट जोगिने त्रास संग गासको समस्या देशभर रहेका न्युन बर्गीयहरुका लागि परेको छ । लमजुङ्ग जिल्लाको राईनास नगरपालिका बाट काठमान्डौमा बसोबास गर्ने बिषेश गरि मजदुर र बिद्यार्थिहरुका लागि राईनासकै १० जना युवाले सहयोग गरेका छन । बिभिन्न क्षेत्रमा पहिचान बनाएका युवाहरुको जमातले अप्ठेरोमा परेका पालिका बासीको लागि प्रति ब्याक्ति करिव ३ हजार बराबरको सहयोग हस्तान्तरण गरेको अभियानका अभियन्ता सुबाश शर्माले जानकारी दिनुभयो । टिमले सहयोगको अपेक्षा गरेका राईनासबासीका लागि जतिसुकै र जुनसुकै अबस्थामा पनि सहयोग गर्न सक्ने टिमका अर्को अभियन्ता बिक्रम तामाङ्गले प्रतिकृया दिनुभयो । टोलि अहिले काठमान्डौैको सडकहरुमा आफ्नै खर्चमा दौडिरहेको छ । जहाँ पालिका भित्रका अप्ठेरोमा परेका मानिसहरु छन । पहिलो चरणमा ६२ जनालाई सहयोग गरिसकिएको बताइएको छ । अन्य लाई पनि आबस्यकताका आधारमा सहयोग जारी रहने टिमकै अर्को अभियन्ता कमल खड्काले जानकारी दिनु भयो ।
को को छन टिममा ? सामाजिक उत्तरदायित्व र सहयोगि स्वभावले मात्र समाज रुपान्तरणका लागि योगदान दिन सक्छ । त्यसैले शैक्षिक तथा सामाजिक अभियन्ताको छवि बनाएका १० जना युवाहरु अहिले कोरोना संक्रमणको प्रवाह नगरी यो कार्यमा लागि रहेका छन । १,प्रकाश न्यौपाने, युवा ब्यबशायि तथा सामाजिक अभियन्ता २, दिनेशचन्द्र पन्थी, ईन्जीनियर तथा सामाजिक अभियन्ता ३,पदम राज पन्थी, राजनिति कर्मी तथा सामाजिक अभियन्ता ४,डि.वि आले, युवा तथा सामाजिक अभियन्ता ५, कमल खड्का , युवा बिद्यार्थि नेता तथा सामाजिक अभियन्ता ६, सुबाश शर्मा, युवा राजनिति कर्मी तथा सामाजिक अभियन्ता ७, बिक्रम तामाङ्ग, युवा तथा सामाजिक अभियन्ता ८,मोहम्वद सबिर मिया, सामाजिक अभियन्ता ९,शम्शेर पराजुलि, सामाजिक अभियन्ता २०, महेश न्यौपाने, सामाजिक अभियन्ता । सहयोग बारे स्थानिय पालिका युवाहरुले गरेको यस कार्यमा राईनास नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने राईनास नगरपालिकाका प्रमुख सिंह बहादुर थापाले जानकारी दिनुभयो । काडमान्डौमा युवाहरुले थालेको अभियानमा पालिका चुप लागेर बस्न नसक्ने भन्दै उहाँले पालिकाको तर्फ बाट पनि सहयोग गर्ने र्निणय भएको बताउनु भयो ।
सच्चाईएको यसअघि प्रसारण भएको यस संबन्धी समाचारमा समन्वय खर्चका बारेमा अन्यथा हुन गएकोमा मिडया हाउसले सच्चाएको र बुझाईमा फरक परेको प्रति क्षमा प्राथि छ ।
काठमाडौं, एशियाली विकास बैंक ९एडिबी०ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ। विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा...
Read More
लमजुङ,कोरोना भाईरसको दोस्रो चरणले बिकराल रुप लिएपछि ग्रामिण भेगमा पनि संक्रमण बढ्ने क्रममा छ । संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले निषेधाज्ञा जारी गरेको छ ।गाऊमा कोरोना संक्रमण बढ्न थालेपछि...
Read More
सन्तोष युरोपियन देश साईप्रसमा लोकतन्त्रमा विश्वास गर्नेहरुको साझा संगठन नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा मिश्र सर्बसम्मत रुपमा चयन हुनुभएको छ । जससको आज आईतवार भर्चुवल एवमं भौतिक रुपमा...
Read More
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र को उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन्...
Read More