वैशाख २६ गते २०७७
राईनासमा गरिएको बजार अनुगमनमा अखाद्य पदार्थ नष्ट
प्रमोद अधिकारी,लमजुङ
बैशाख २६
कोरोना भाइरस कोभिड १९ का कारणले देश लक डाउनको मारमा परेको डेढ महिना भएको छ ।
देशवासीलाई दैनिक जिवन यापन गर्न दिनानुदिन समस्या परिरेहको छ । यस्तो विषम परिस्थितिमा जनताले अत्यावश्यकीय दैनिक उपभोग्य सामाग्रीहरु सहज रुपमा प्राप्त गर्न सकुन, म्याद गुज्रेका सामानहरु उपभोग गर्न वाध्य नहुन अथवा कृतिम अभाव सृजना गरी कालो बजारीको मारमा राइनासबासी नपरुन भन्ने हेतुले राइनास नगरपालिकाले लक डाउन सुरु भएपछी दुइ चरणमा गरी नगरपालिकाभरका खाद्य पसलहरु, औषधी पसलहरु, होटलहरु अनुगमन कार्य सम्पन्न गरेको छ
।
पहिलो चरणमा नगरपालिकाको वडा नं. १ बोराङखोला बजार देखि नहरडिल, टिमुरे, सातविसे बजार र तीनपिप्ले बजार सम्मका पसलहरुमा अनुगमन गरी अखाद्य, गुणस्तारहीन तथा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थहरु नष्ट गरिएको थियो । सोहि क्रममा केहि पसलहरु दर्ता विना नै संचालन गरिएका र केहि पसलहरुमा इजाजत विना नै इन्जन जन्य तथा मदिरा एवम् सुर्ती जन्य समाग्रीहरु पनि बिक्री गरीएकोमा नगरपालिकाले तुरुन्त पसल दर्ता गर्न तथा इजाजत पत्र लिएर मात्र व्यवसाय संचालन गर्न पनि निर्देशित गरेको थियो ।
दोस्रो चरणको अनुगमन कार्यमा पनि लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनार, राइनास नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अधिकारी, उपमेयर धनकुमारी गुरुङ, राष्ट्रिय उपभोक्ता मञ्ज लमजुङका अध्यक्ष डम्मर अधिकारी, स्थानीय समाजसेवी तथा व्यवसायी उदयराज पोख्रेल र प्रेम ओलिया, संचारकर्मी किसान संगित लगायतको टोली अनुगमनमा खटिएको थियो ।
अनुगमन राइनास नगरपलिका वडा नं. ६ धमिलीकुवाबजार देखि, हर्राबोट, मोहोरिया, हुँदै प्यारजुङमा सम्म गरिएको थियो । बजार अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थहरु, उपभोग्य मिति अस्पष्ट भएका खाद्य पदार्थहरु जफत गरी नष्ट गरिनुका साथै रासायनिका मल लगायतका अखाद्य तथा रासायनिक पदार्थहरु एकै ठाउमा राखी विक्री वितरण गरिएको पाइएकोमा तुरुन्त व्यवस्थित तरिकाले व्यवस्थापन गर्न निर्देशन गरिएको प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । बजारको अबस्था चुस्त राख्न पालिकाले निरन्तर अनुगमन गर्ने बताइएको छ ।