वैशाख ३० गते २०७७
खुकुलो लकडाउन, कोरोना संक्रमित १९१ !
पोखरा बैशाख २९ ।
लकडाउन खुकुलो बनाए लगत्तै कोरोना संक्रमितको संख्या बृद्धि भएको छ । पछिल्लो अपडेट अनुसार १९१ जना संक्रमित संख्या पुगेको छ । नेपालले लकडाउन गरेको ५० दिनको हाराहारीमा आउदा कोरोना भाईरसका बिरामीको संख्यामा बृद्धि भएको हो । भारतमा कोरोना संक्रमण फैलदो अबस्थामा रहेको र नेपाल भारत खुला सिमा रहेका कारण कोरोनको प्रभाव प्रत्यक्ष रुपमा नेपालमा देखा परेको हो ।
कोरोना संक्रमण देखा परे संगै खकुलो पारिएको लकडाउनका बारेमा पनि सर्बत्र आलोचना सुरु भएको छ । गण्डकी प्रदेश लगायत केही स्थानहरुमा कारोना संक्रमण नभएकोले र्निमाण, उद्योग धन्दा,कलकारखाना, तथा बैक, बित्तिय सस्थाहरु खुला गरिएको छ । कोरोना प्रभावित क्षेत्रबाट मानिसहरु आउने क्रम पनि नरोकिएको, पैदल तथा लुकिछिपि पोखरा र आसपासका जिल्लाहरुमा पनि मानिसहरुको आवतजावत बढेको छ । पोखरामा भारत, नेपालको झापा र रुपन्देही बाट मानिसहरु आएपछि त्रास फैलिएको छ । भारतबाट आएका युवकलाई क्वारेन्टाईनमा राख्न खोजेपछि उनि छतबाट हामफालेका छन ।