वैशाख ३१ गते २०७७

नेपालमा २१७ जना संक्रमित, चेकजाँजमा कडाई

पोखरा बैशाख ३१ ।
लकडाउन खुकुलो बनाए लगत्तै कोरोना संक्रमितको संख्या बृद्धि भएको छ । पछिल्लो अपडेट अनुसार २१७ जना संक्रमित संख्या पुगेको छ । नेपालले लकडाउन गरेको ५० दिनको हाराहारीमा आउदा कोरोना भाईरसका बिरामीको संख्यामा बृद्धि भएको हो । भारतमा कोरोना संक्रमण फैलदो अबस्थामा रहेको र नेपाल भारत खुला सिमा रहेका कारण कोरोनको प्रभाव प्रत्यक्ष रुपमा नेपालमा देखा परेको हो ।
कोरोना संक्रमण देखा परे संगै खकुलो पारिएको लकडाउनका बारेमा पनि सर्बत्र आलोचना सुरु भएको छ । गण्डकी प्रदेश लगायत केही स्थानहरुमा कारोना संक्रमण नभएकोले र्निमाण, उद्योग धन्दा,कलकारखाना, तथा बैक, बित्तिय सस्थाहरु खुला गरिएको छ । कोरोना प्रभावित क्षेत्रबाट मानिसहरु आउने क्रम पनि नरोकिएको, पैदल तथा लुकिछिपि पोखरा र आसपासका जिल्लाहरुमा पनि मानिसहरुको आवतजावत बढेको छ । पोखरामा भारत, नेपालको झापा र रुपन्देही , काठमान्डौ, भत्तपुरमा संक्रमित देखा परेका छन । पोखरामा पनि मानिसहरुको आवतवावत बढेको थियो । सरकारले गएराति बाट चेकजाँचमा कडाई गरेको छ । पोखरा महानगरपालिकाले र्निमाण गरेको क्वारेन्टाईमा मानिस भरीएका छन । थप मानिसहरु राख्न पर्ने अबस्था आएमा संरचनाको बिकास गर्न आबस्यक देखिएको छ ।