वैशाख ३१ गते २०७७

एउटा कपडाको मास्कको भरमा ट्याङकर चालक, भन्छन ः भारतिय देख्दा मन डराउछ

बैशाख ३१, पोखरा । माधब पनेरु ।
सरकारले लकडाउन घोषण गर्यो । तर अत्याबस्यक सवारी साधन अर्थात ईन्धन, खाद्यान्न तथा स्वास्थ्य सुरक्षा उपकरण, खानेपानि, एम्वुलेन्स, प्रेस जस्ता सवारी सञ्चालन गरीरहेको छ । यो आबस्यक पनि छ । भारतमा अप्रत्यासित रुपमा बृद्धि भएको कोरोना संक्रमणका बिचमा नेपालले पुरै नाका बन्द गर्न सकेको छैन । भारत केन्द्रीत आयातका कारण नेपालले चाहेर पनि पुर्णरुपमा नाका बन्द गर्न सक्दैन । खुला सिमाका कारण अहिले भारत संग सिमा जोडिएका जिल्लामा कोरोना संक्रमण दैनिक रुपमा बृद्धि भएको छ ।
तर भारत पुगेर नेपालीको स्वास धान्ने सवारी साधन चलाउने चालकहरु प्रति राज्य जिम्मेबार नभएको गुनासो बढेको छ । आबस्यक सुरक्षा उपकरण बिनानै भारत पुगेर आउनुपर्ने बाद्यता उनिहरुमा रहेको छ । सरकारले लकडाउनको बेला एक पिस कपडाको माक्स, १ पिस स्याटिनाईजर बाहेक अहिले सम्म केही नदिएको गण्डकी धौलागिरी ट्याङकर चालक संघका अध्यक्ष शिब पौडेलले बताए । उनका अनुसार आफुहरु बिना पिपिई, निरन्तर भारत पुगेर आईरहे पनि निगमले चासो दिएको छैैन । सिमामा आबस्यक सुरक्षामा पनि कमि रहेको चालकहरुको भनाई छ । जसका कारण चालकहरु जोखिममा रहेको र यस्तै अबस्था रहेका ट्याङकर चलाउन बन्द गर्नुपर्ने उनको भनाई छ । सरकारले जोखिममा काम गर्नेहरुको जिम्मेबारी लिने बताईरहेका बेला चालकहरु भने असरक्षित महसुश गरको छन । पोखराबाट ७८ जना चालकह भारतको रक्सौल र बरौनी नाकामा ईन्धन लिन जाने गर्छन ।