जेठ २ गते २०७७

सर्वोदय सेवास्रम मा धर्मनाथ र आरोग्य धाम पनि

राईनास, जेष्ठ २ । सर्बोदय सेवा आश्रम तथा धर्मनाथ धाम मा जेष्ठनागरिक आस्रम सहित आध्यात्मिक केन्द्र धर्मनाथ धाम ध्यान बंगैचा र आरोग्य ग्राम संचालनमा ल्याउन लागिएको छ । आरोग्य ग्राम एक विहंगम संयोजनका साथ संचालन गर्ने योजना रहेको यसका संस्थापक कृष्णराज ओलियाले बताउनु भयो ।सर्वोदय आरोग्य ग्राममा योग ध्यान प्राकृतिक चिकित्सा आयुर्वेद फिजियोथेरापि अमृत यात्रा खेलकुंद थेरापि संगित थेरापि जडिबुटि लगायत मनोपरामर्श समेत दिने बताइएको छ ।

अमृत यात्रा , आरोग्य पथ मा करिव १५ मिनेटको यात्रा ख़ाली खुट्टा झार दुवोमा पानीमा बगरमा ढुंगामा ओम् उच्चारण वा आफुखुशि मन्त्रोच्चारणका साथ यात्रा हुन्छ १ यो यात्रामा चौर देखि नदि सम्मको यात्रा हुन्छ र यात्रा पछि विस्राम र योग प्राणायाम गरिन्छ । रोग नलागेकाहरुको लागि रोग नलाग्ने र रोग लागेकाहरु विशेष गरि नसर्ने खालका दिर्घ रोगहरु यस पद्दतिबाट राम्रो हुन्छ । मानिस प्राकृतिक पन्च तत्वबाट जिवित छ र प्राकृतिक जिवनशैली ले नै मानिसलाई दिर्घ जिवन दिन्छ । त्यसैको अभ्यास सर्वोदय प्राकृतिक स्वास्थ्य केन्द्रमा गरिन्छ १ यहाँ १०८ शिवलिंग , १०८ धारा र कैलाश पर्बतमा विराजमान ध्यानस्थ शिव प्रतिमा र गर्भ गृह ध्यानशाला निर्माणाधीन रहेका छन्