जेठ २ गते २०७७

नमस्ते किड्सले बाड्यो १ सय १५ विपन्न परिवालाई खाद्यन्न

पोखरा, जेष्ठ २, बिशाल अधिकारी ।
अनाथ बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको नमस्ते किड्सले माछापुच्छ«े गाउँपालिका ३ र ४ का १ सय १५ विपिन्न परिवारलाई खाद्यान्नका सामाग्री सहयोग गरेको छ ।
किड्सका पोखरा संयोजक सगुन गुरुङको नेतृत्वमा वडा न. ३ का अध्यक्ष सुर्य प्रसाद लम्साल र वडा ४ का अध्यक्ष पुर्ण बहादुर शाहीले सिफारिस गरेको विपन्न परिवारलाई राहात स्वरुप २ लाख ५० हजार बराबरको राहात वितरण गरेको हो ।
किड्सका संयोजक गुरुङले अनाथ तथा जेहेन्दार बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताउदै पछिल्लो समय कोरोना कहरको चपेटामा परेका विपन्न परिवारहरुलाई सहयोग गरिरहेको जानकारी दिए ।
‘लाहाचोक र घाचोकबाट हामीलाई खबर आएपछि केही दिन वास्तविक विपन्न परिवार ऐकिन गर्न समय लाग्यो, उनले भने, ‘वडा र स्थानिय टोलका अग्रजहरुबाट १ सय १५ घर परिवारको नाम सिफारिस भएपछि सहयोग लिएर पुगेका हौं ।’
गुरुङले कोरोना कहरका कारण विपन्न परिवारको दैनिकीमा समस्या परेका बताउदै भने, ‘हाम्रो सहयोग यथेस्ट नभएपनि केही सघाउ हुन्छ कि भनेर सहयोग गरेका हौं ।’
सहयोग प्रदान गर्न पुगेका सोही टिमका सदस्य सन्तोष मिजारका अनुसार विपन्न परिवारलाई चामल, नुन, तेल, दाल लगायतको खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।