जेठ ४ गते २०७७

रोकिएको दादुरा रुबेला खोप सुरु

लमजुङ, जेष्ठ ४ ।
लकडाउनका कारण यसअघि नै राष्ट्रिय रुपमा सुरु गरेर स्थगित गरिएको दादुरा रुवेला खोप लमजुङ जिल्लामा सूरु भएको छ ।
लमजुङका ४ स्थानिय तहमा जेष्ठ ४गते देखि १३ गते सम्म सञ्चालन हुने खोप कार्यक्रममा राईनास नगरपालिकाको वडा नं ३ बाट सुरु भएको छ । वडाको टिमुरे स्वास्थ्य चौकीमा नगरप्रमुख सिंह बहादुर थापाले खोप उदघाटन गर्नुभएकोे हो । लकडाउन अबधीलाई मध्येनगर गर्दे आबस्यक सुरक्षा उपकरणको प्रयोग तथा सामाजिक दुरी कायम गरि खोप सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । ९ महिना देखि ५ बर्ष उमेरका बालबालिकलाई यो खोप लगाईनेछ । अहिले नोवल कोरोना भाईरस बाट बालबालिका पनि प्रभावित हुने गरेको अबस्थालाई पनि मध्येनगर गरिएको पालिकाले बताएको छ । खोपले अन्य संक्रमण बाट बच्न पनि साघाऊ पुग्ने बिस्वास गरिएको छ । पालिका भित्रका सबै बालबालिकाका अभिभावक लाई भिडभाड नहुने गरि खोपमा सहभागि हुने बाताबरण र्निमाण गरिएको राईनास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नानीबाबु ढकालले जानकारी दिनु भयो । उहाँले पालिकाले अभिभावकहरुका लागि प्रशस्त समय दिएर खोप कार्यक्रम सञ्चालन गरिएकोले पनि भिडभाड नहुने कुरामा आफु बिस्वस्त रहेको बताउनु भयो । लमजुङका मध्येनेपाल नगरपालिका, दुधपोखरी गाऊपालिका, क्होलासोधार गाऊपालिकामा पनि आज बाट दादुरा रुवेला खोप सुरु गरिएको छ ।