जेठ ६ गते २०७७

लमजुङ्गको राईनासमा गाई काटेको अभियोगमा दुई पक्राउ


जेष्ठ ५, लमजुङ्ग । प्रमोद अधिकारी ,
लकडाउनको बेलामा गाई काटेको अभियगोगमा द्ई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङ्ग मातहतको भोटेवडा प्रहरी चौकीले राईनास नगरपालिका वडा नं ७ स्थित बिशालटार बाट मुसे सार्की र भिम बहादुर सार्कीलाई नियन्त्रणमा लिएको बताइएको छ । उनिहरुले जाँतोले हानेर गाईको हत्या गरेको प्रारम्भीक अनुसन्धान बाट खुलेको छ । गाई मारेर मासु भागबण्डा नमिलेपछि घटना बाहिर आएको हो । सुरुमा वडाअध्यक्ष माधव पराजुलीले घटना बारे जानकारी पाएको बताएका छन ।

उनिहरुले जेठ ३ गते राती गाई मारेका र मासुको भागबण्डामा झगडा परेपछि मात्र बास्तबिकता बाहिर आएको पराजुलीले जानकारी दिए । मासु परिक्षणका लागि जिल्ला पशुसेवा कार्यालय लमजुङ्गले नमुना संकलन गरेको छ भने घटनास्थलमा जनावरको छाला तथा मासुजन्य बस्तुहरु बरामद भएका छन ।