जेठ ९ गते २०७७

सवारीसाधनमाबीमा छुट– यातायात व्यवसायीलाई २ अर्ब राहत

९ जेठ, काठमाडौं । कोरोना संक्रमण फैलन नदिन लकडाउन घोषणा गरेपछि सार्वजनिक यातायातहरु ठप्प छन् । सार्वजनिक यातायातको आम्दानीमा नै निर्भर हुनु पर्ने धेरै घर परिवारहरु यतिबेला समस्यामा छन् ।
समस्यामा परेको भन्दै यातायात व्यवसायीहरुले सरकारसँग विभिन्न सुहिलयत मागिरहेका छन् । राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट र चैतमा तिर्नु पर्ने साँवाब्याज रकम असार मसान्तसम्म तिर्नु पर्ने सहुलियत दिएको छ ।