जेठ ९ गते २०७७
परम्पराअनुसार शव जलाउन नपाएपछि परिवारको आपत्ति
बिहीबार कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका गुल्मीका शिक्षकको शव आफन्तको अनुमतिबिनै कार्यविधिविपरित प्रशासनले गाडिदिएको छ।
गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय ती शिक्षकको बिहीबार बिहान तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
उनको मृत्युपछि आफन्तले अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव उठाउन नदिने अडान राखेका थिए।
‘दाइको मृत्यु भएपछि हिजो प्रहरी आएका थिए शव के गर्ने भनेर। हामीले शव के गर्नेभन्दा पनि पहिला अस्पतालको कमजोरीको छानबिन हुनुपर्छ भन्यौं,’ मृतकका भाइले सेतोपाटीसँग भने,‘त्यसपछि हामीसँग कसैले केही सोधेन। आज एकैचोटी नेपाली सेना, सशस्त्र र प्रहरी आएर शव लिएर जानुभयो।’
आफूहरूले शव उठाउन पाइँदैन भन्दा उनीहरूले महामारीको बेला शव व्यवस्थापन गर्न आफन्तको सहमति नचाहिने उत्तर दिएको उनले बताए।
‘हामी हिन्दु हौं। दाइको शव जलाउनु पर्छ भन्दा उहाँहरूले अरू मान्छे गए संक्रमण फैलिन्छ। हामी हिन्दु परम्पराअनुसार नै दाहसंस्कार गरिदिन्छौं भनेर जानुभयो,’ मृतकका भाइले भने,‘घरमा ७० वर्षका आमाबुवा हुनुहुन्छ। उहाँहरू आउन नपाए पनि मैले नै दाइको दाहसंस्कार र किरिया गर्ने सोचेको थिएँ। त्यो पनि गर्न दिएनन्। शव पनि लिएर गाडिदिए भन्ने सुनेको छ।’
हिन्दु परम्पराअनुसार शवलाई जलाउने गरिन्छ। शव उठाउन अस्पतालमा गएका सेना र प्रहरीले हिन्दु परम्पराअनुसार नै अन्त्येष्टि गरिदिन्छौं भने पनि मृतकको शव जंगलको बीचमा गाडिएको छ।
स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार मृतकको शव तिलोत्तमा धागो कारखानादेखि पूर्वतर्फको जंगलमा खाल्डो खनेर गाडिएको छ।
एक त हाम्रो कुरा सुन्दै नसुनी शव उठाए, अर्कातिर हाम्रो धार्मिक आस्थाविपरित जलाउनु पर्ने शव गाडिदिए,’ मृतकका भाइले भने,‘राज्यले हामी निरिह नागरिकलाई धेरै नै अन्याय गर्यो।’
कोभिड(१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ मा मृतकको कुल धर्मअनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरू समेतलाई सुरक्षित राख्नुपर्ने उल्लेख छ। त्यस्तै सतगद् गर्नुपूर्व आफ्नो कुलरपरम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउनेजस्ता क्रियाकलापहरू गर्न सकिने कार्यविधिले स्पष्ट व्यवस्था गरेको छ।
यसअघि नेपाली सेनाले विभिन्न ठाउँमा गरेको शव व्यवस्थापनको डेमोमा पनि शव जलाउने प्रकिया समावेश गरेको थियो।
कोरोनाभाइरसको संक्रमणकै कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शव पनि आर्यघाटको विद्युतीय शव दाहगृहमा जलाइएको थियो।
रुपन्देही प्रशासनले पनि यसअघि मृतकको शव जलाउने नै तयारी गरेको थियो।
सुरूमा उनको शव तिलोत्तमा(३ स्थित तिनाउ किनारको मगरघाटमा जलाउने भनिएको थियो। तर त्यहाँ शव जलाउन नदिने भन्दै स्थानीयले विरोध गरे। प्रशासनले फेरि तिलोत्तमा(१४ को अमुवा पुलमुनि शव जलाउन सकिन्छ कि भनेर तयारी गरेपछि स्थानीयले विरोध गरे।
दुबै घाटमा स्थानीयले विरोध गरेपछि शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मृतकका आफन्तले सहमति नदिए पनि कोरोनाको कारण मृत्यु भएकाको शव व्यवस्थापन संघीय सरकारले जारी गरेको शव व्यवस्थापन कार्यविधि अन्तर्गत शव उठाउने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार दिउँसो पौने २ बजे अस्पतालबाट शव उठाइएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
प्रदेश(५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शव जलाउनुको साटो गाडिएको भन्नेबारे आफूलाई जानकारी नै नभएको बताए।
‘कुल परम्परा अनुसार नै अन्तिम संस्कार गर्नुपर्ने कार्यविधि मलाई थाहा छ,’ मन्त्री बरालले भने,‘बाँकेका युवक मुस्लिम भएकाले शव गाडियो तर उहाँहरू हिन्दु हुनुहुन्छ त्यहीअनुसार गर्दिनु भनेर मैले सिडिओलाई भनेको थिएँ।’
उनले मृतकको शव किन गाडियो भन्नेबारे आफूले थप बुझ्ने बताए।
मृतकको शव जलाउनुको साटो किन गाड्ने निर्णय भयो भन्नेबारे सेतोपाटी सम्पर्क गर्न खोज्दा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ सम्पर्कमा आउन चाहेनन्।
सेतोपाटीले सिडिओ पन्थलाई शुक्रबार १० पटक सम्पर्क गर्दा पनि उनको फोन फरवार्ड गरिएकोमात्र जानकारी आउँछ।