जेठ ९ गते २०७७

बैतडीका थुनुवा युवकमा कोरोना संक्रमण

९ जेठ, कैलाली । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ । शिवनाथ गाउँपालिका(१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । उनले भने ‘हामी पनि असुरक्षित भयौं ।’
उनले संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण माग गरिएको बताए । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।
३ दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडी मार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए ।