जेठ २० गते २०७७
मर्स्याङ्दि सहकारिमा ब्यापक भ्रष्टचार, बित्तिय नियमावली अनुसार कार्वाही हुन्छ ः सहकारी संघ
जेठ २०,
लमजुङको राईनास नगरपालिका वडा ७ मा रहेको मर्स्याङ्दि सहकारिमा आर्थिक घोटला भएको छ । सहकारीको अडिट रिपोर्ट अनुसार ४८ लाख रुपैया बराबरको आर्थिक अनियमितता देखिएपछि अहिले सहकारीको पदाधिकारीहरु माथि चर्को दवाब र्सिजना भएको छ । स्थानिय स्तरमा ५ हजार शेयर समेत संकलन गरि करिव ५ हजार जना शेयर सदस्य रहेको उक्त सहकारीमा आर्थिक अनियमितता भएको रहस्य बाहिर आएको छ । बिषेश गरि ग्रामिण भेगमा सुचना, सञ्चारको पहुँच कम हुने, मानिसहरुको सुचनाको सचेचतना पनि कम हुने भएकाले यस्ता घोटला हुने गरेका छन । बित्तिय क्षेत्रमा यति ठुलो आर्थिक अनियमितता बाहिर आएको राईनास नगरपालिकाको पहिलो घटना भएको उक्त वडाका वडाअध्यक्ष माधब पराजुलिले जानकारी दिए ।
पुर्ब कोषाध्यक्ष लक्ष्मि प्रसाद चिलुवाल करिब २५ लाख त्यस्तै प्रबन्धक एलिना चिलुवाल २४ लाख अनियमितता गरेको बताइएको छ । यद्यपि जिल्ला बचत सहकारी संघका अध्यक्ष दुर्गादत्त धमलाले भने २९ लाख जतिको हिसाव नमिलेको बिषयमा आफुहरुलाई जानकारी भएको बताउनु भयो । अहिले लकडाउनको बेलामा बाहिर बाट गाऊमा आएका युवाहरुले सहकारीको हिसाब खोजेपछि मात्र यस्तो रहस्य बाहिरीएको उहाँको भनाई छ । आन्तरीक अडिट सकिएपछि मात्र कति रकम हिनामिना भयो भन्ने एकिन गर्न सकिने धमलाले जानकारी दिनुभयो ।
हिनामिनामा पुर्ब कोषाध्यक्ष लक्ष्मी चिलुवाल मुख्य दोषी रहेको प्रारभ्भीक अनुसन्धानबाट देखिएको उहाँको भनाई छ । चिलुवाल शारदा मध्यामिक बिध्यालयका प्रधानाध्यापक समेत हुन ।
जिल्लामा हाल ११४ वटा बचत तथा ऋण सहकारीहरु रहेकोमा करिव सय वटा मात्र सक्रिय रहेका छन । अन्य सहकारीहरुमा पनि आर्थिक अनियमितताका घटना बेला बेलामा आईरहने र जिल्ल सहकारी संघले आबस्यक समन्वय गरेर अनियमितता कम गराउने प्रयास भैरहेको धमलाले स्पष्ट पानुभयो । अनियमिताको पुष्टी भएमा आरोपिहरु माथि बित्तीय कानुन बमोजिम कार्वाही हुने बताइएको छ ।