जेठ २१ गते २०७७

रोबर्ट प्रर्दशन सहित एमसिसिको बिरोध

पोखरा। जेष्ठ २१।
नेपालमा बहसमा रहेको अमेरीकी बिकास परियोजना( एमसिसि) को बिरोमा पोखरामा प्रर्दशन गरिएको छ । क्ल्यम दि बोर्डर समुहले पोखराको मानवअधिकार चोकमा भारतले अतिक्रमण गरेको सिमा फिर्ता गराउन र राष्ट्रघाति एमसिसि संझौताको बिरोध गर्न रोबर्ट प्रयोग गरेको हो । उनिहरुले नेपालको नयाँ नक्सा रोवर्टमा टाँसेका थिए दर्जनको संख्यामा सहभागि भएका युवाहरुले नेपाललाई क्रिणास्थल बनाउने संझौता कुनैपनि हालतमा गर्न नहुने तर्क गरेका थिए ।
नेपालमा सिमा बिबाद बढेसंगै र्निमाण भएको यो ग्रुपले देशमा अन्य भागहरुमा पनि बिरोध गर्दे आएको पोखराका कार्यक्रम संयोजक गोबिन्द आचार्यले जानकारी दिए । सो अबसरमा उनिहरुले यो संझोताको बारेमा गहिरो अध्ययन गरेर मात्र प्रतिकृया दिन पनि आग्रह गरेका छन । आफुहरुले एमसिसि का बारेमा बहस र छलफल जारी राखेको भन्दै समुहका नेताहरुले राष्ट्र नै पक्ष बिपक्षमा उत्रिएको बिबाद र्सिजना गर्न भन्दा देश बिकासका नयाँ मोडल, कोरोना संक्रमणको अन्त्य तथा भारत नेपालको सिमा समस्या समाधानमा लाग्न आग्रह गरेका छन ।