असार ४ गते २०७७

तनहुँ र गोरखा जोडने तुरतुरे बजार नजिकैको पुल भत्कीयो ।

गोरखा , गएरातीको मर्स्याङ्दी नदीको बाढीले गोरखाको पालुङ्टार र तनहूँको तुरतुरे बजार जोड्ने बेलिब्रिज भत्काएको छ। तनहूँको भानु नगरपालिका(३ तुरतुरेतर्फको पुल जीप बाढीले भत्काएको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए। नगरपालिकालाई राजमार्गसँग जोड्ने पुल भत्किएपछि आवतजावतमा समस्या आएको उनले बताए।

सो बेलिब्रिज नेपाली सेनाले २०५८ सालको असोजमा निर्माण आरम्भ गरेर २०५९ को फागुनमा सम्पन्न गरेको थियो। बेलिब्रिज जीर्ण भएपछि नेपाल सरकारको पुल सेक्टर ४ पाल्पाले नजिकै अर्को पुल निर्माण गरेको छ। तर निर्माण सम्पन्न भइनसकेको नगरपालिकाका मेयर कँडेलले जानकारी दिए। ‘अब ठेकेदारलाई काम चाँडो सक्न भन्नेछु र नयाँ पुलबाट आवतजावत खुलाउनेछु’ उनले भने। सो पुल हुदै पालुङ्टार नगरपालिका, सिरानचोक र अजीरकोट गाउँपालिकाका केही भागका बासिन्दा आवतजावत गर्ने गर्छन्।