असार ४ गते २०७७

कोरोना नसर्ने डिभाईस बजारमा, यसरी जोगाउछ कोरोनाबाट…

असार ४।
अब कोरोना भाईरसबाट जोगिने सरल उपाय पत्ता लागेको छ । बिस्व मेडिकल साईन्सले कोरोना भाईरस निष्क्रीय बनाउने डिभाईस र्निमाण गरेसंगै सफल प्रयोग भैसकेको छ । यसको बजारीकरण पनि सुरु भएको छ । बजारमा यो डिभाईस आएपछि लकडाउनको बिकल्प अर्थात कोरोना नियन्त्रणको बलियो हतियारको रुपमा लिईएको छ । डिसईन्फेक्सन कार्ड प्रयोग गरेपछि आफ्नो वरिपरी करिव ५ मिटरको दुरीमा रहेको कोरोना भाईरस निष्कृय हुने यसका सप्लायर्स भेनस साईन्सका सञ्चालक प्रबेश चन्द्र उप्रेतिले जानकारी दिनु भयो । यो प्रभावकारी रहेको र अहिलेको अबस्थामा एक बलियो बिकल्पको रुपमा आएको उहाँको भनाई छ ।

यसको प्रयोग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गूरुङ्ग लगायतले गरिसक्नु भएको पनि उप्रेतिले जानकारी दिनुभयो । पोखरामा यो डिसईन्फेक्सन कार्डको बजारीकरण सुरु भएकोले भाईरस बाट सुरक्षीत हुने नयाँ र भरपर्दो उपायका रुपमा प्रयोगमा ल्याउने काम भएको बताइएको छ ।
यसको मुल्य नेपाली दुई हजार मात्र पर्छ । आईडि कार्ड जस्तो देखिने यो डिभाईस घाँटीमा झुण्डाउने हो ।