असार ५ गते २०७७

ड्राईभिङ्ग स्कुल, गण्डकीको प्रसासनलाई ज्ञापनपत्र

पोखरा, असार ५ ।
पछिल्लो अबस्थाको बारेमा ड्राईभिङ्ग स्कुल संघ गण्डकीले जिल्ला प्रसासन कार्यालय कास्कीमा ज्ञापनपत्र पेश गरेको छ । सरकारले आबस्यक स्वास्थ्य सुरक्षा प्रबन्ध मिलाएर बिभिन्न्न ब्यबशायहरु सञ्चालन गर्न अनुमति दिएपछि आफुहरुको ब्यबशाय पनि सञ्चालन गर्न माग गर्दे संघले जिल्ला प्रसासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाएको संघका गण्डकी अध्यक्ष उमेश सिं.के. ले जानकारी दिनुभयो । बिषम परिस्थितिको बारेमा सबै जानकार रहेको र ब्यबशायिहरु पनि सो संबन्धी चनाखो भएकाले आबस्यक स्वास्थ्य सुरक्षा अपनाएर ब्यबशाय सञ्चालन गर्न पाउनुपर्ने माग गरिएको हो । साथै कोरोना संक्रमणबाट उत्पन्न परिस्थितीलाई मध्येनजर गरेर सोही अनुसारका नितिगत र्निणर्य गरिदिन पनि संघले प्रसासन मार्फत नेपाल सरकारलाई आग्रह गरेको छ । सरकारले गरेको पछिल्लो बाद्यकारी र्निणय भएको केही दिनमा नै कोरोनाकोे चपेटामा मुलुक संगै आफुहरुको ब्यबशाय पनि परेकाले केही समयका लागि सरकार ब्यबशायि प्रति केही खुकुलो बनिदिए हजारौ स्वरोजगार तथा मजदुरहरुको रोजिरोटी र अरबौ लगानी जोगिने तर्फ संघले ध्यानाकर्षण गराएको थियो ।