असार १५ गते २०७७

लमजुङका ५ स्कुलमा कम्युटर ल्याव स्थापना गरिने ।

असार १५ ,लमजुङ । लमजुङ जिल्लामा रहेको बिभिन्न ५ सामुदायिक बिद्यालयहरुमा कम्युटर ल्याव स्थापना गरिने भएको छ । जिल्ला बाट प्रतिनिधिसभार्मा िनबाचित सांसद तथा नेकपामा प्रमुख सचेतक देब गुरुङ्गको बिषेश पहलमा विभिन्न ५ स्कुलमा सूचना प्रविधि ल्याब निर्माणका लागि २ करोड रुपैंया बराबरको कम्युटर लगायत अन्य प्राविधिक सामाग्री प्रदान गरिएको छ ।
संघीय सरकारको नीति अनुसार नेपाल दुरसंचार प्राधिकरणले प्रति विद्यालय रु ४० लाख बराबरको कम्युटर र अन्य सामाग्री प्रदान गरेको हो । सबै सामाग्री स्कुललाई हस्तान्तरण गरिसकिएको प्रमुख सचेतक गुरुङका निजि सचिव कमल खड्काले जानकारी दिए ।

सामाग्री पाउने स्कुलहरु निम्न रहेका छन्

१,श्री भक्ती नमूना नमूना मा.वि , भोटेओडार, लमजुङ
२,श्री मंगला मा.वि .मध्ये नेपाल नगरपालिका, लमजुङ
३। श्री शिशु बिध्याश्रम मा.वि. राईनास ५,तिनपिप्ले, लमजुङ
४। श्री गंगा मिलन मा.वि., लमजुङ
५। श्री जनकल्याण मा.वि., बेनपा–११, चिति