असार १५ गते २०७७
मुख्यमन्त्री गुरुङ्ग ट्याक्टरमा, गण्डकी प्रदेशले थाल्यो जमिन चक्लाबन्दी योजना
असार १५ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले राष्ट्रिय धान दिबसको अबसर पारेर जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेका छन । प्रदेशले किसानको कृषिमा लागत कम गराउन र परिणाम मुखी उत्पादनमा जोड दिने उद्धेश्यले आफ्नो कार्यक्रममा जमिन चक्लाबन्दी योजना अगाडी सारेको थियो । प्रदेश सरकारको साही योजना अनुरुप स्याङ्गजा जिल्लाकोे पुतली बजार नगरपालिका वडा नं ४ गोठिङ्ग फाँटमा जमिन चक्लाबन्दी कार्यक्रम सुरु भएको छ । मुख्यमन्त्री गुरुङ्गले टयाक्टर चढेर कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।
प्रदेश सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि जमिन चक्लाबन्दी परियोजना सञ्चालन गरेको सो अबसरमा गुरुङ्गले बताउनु भयो । किसानलाई कृषिमा रमाउने बाताबरण बनाउन सके मात्र कृषि क्रान्ति हुने उहाँको भनाई थियो ।
प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप सञ्चालित धेरै कार्यक्रममध्ये जमिन चक्लाबन्दी पनि एक हो ।
उक्त क्षेत्रमा १२४ किसानको ११० रोपनी जमिन चक्लाबन्दी भएको छ । किसानले ५९ लाख रूपैयाँ खर्च गरिसकेका छन् ।
धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि भन्ने नाराका साथ गोठिङ कृषक समूहले चक्लाबन्दी परियोजनाको काम अघि बढाएका छन् ।प्रदेश र स्थानीय सरकारले यहाँ किसानलाई सहयोग उपलब्ध गराउँदै छन् ।