असार १५ गते २०७७
तिम्रा लागी तिमी नै हौ “
डा. रोजी थपलिया
एक्लो छैनौ ,भिडमा छौ,तर एक्लोपन छ
छ्न् घर भरी मान्छे नै मान्छे,
धेरै बसी यो केटी घरमा,सबैको मनमा
यहाँबाट यो नकचरी कहिले जान्छे
दिउँसो भरी जसो तसो ओठ तन्किन्छन्
,रात परेसी गाला सोझिन्छ्न् सिरानी भिज्दछन्
नभएको होइन, संसार साँघुरो पार्ने दुर संचार छ,
त्यसैले त एउटै छ्त मुनी बस्नेको हात हातमा मोबाईल छ,
दुरी छ ,संचार छैन
दिन छ, दैनिकी छैन
रात छ, निन्द्रा छैन
सपना छ, सपर्मण छैन
आत्मा छ, विश्वास पनि छ, आत्मविश्वास छैन
हात छन्,साथ छैन
के छ भन्ने धेरै भए,के छैन भन्ने कोही भएनन्
माया छ, तर माया गर्ने कोही भएनन्
मौसम फेरिन्छ्न् , मन एकै ठाउँ अडिगमा छ्न्
फेसबुक,ट्विटर,इन्स्टाग्राम,वास्टएप ,टिकटक गरेर २० हजार भन्दा बढी साथी छन्
काम पर्दा हजारमा बिष मोल्नै तिनलाई सधैंको हतार
नपर्दा सुखमा झुम्मिन्छ्न्,
दुखमा छरिन्छन्
त्यसैले तिम्रोलागी तिमी नै हौ
तिमी भित्रै बाट बलियो हुनु पर्छ
डावर च्यावनप्रास खाएर हुन्छ कि
मुटुमा त्रीशक्ती सिमेन्टले पिलर गाडेर हुन्छ
तर तिमी बलियो हुनु पर्यो
यति बलियो कि पोल्टो मात्र फेर्ने सताब्दीले कोल्टो फेरोस्
काट्टो खान पल्किएको समाजले बद्लिएको अर्को पाटो देखाओस्
थाहा छ,तिम्रो यो मपाइँको हालीमुहाली भएको तुच्छ समाज
तिमीलाई आदर, सत्कार,तपाई होइन
तिमीलाई कमजोर, अझै कम्जोर, दुर्बल बनाउन कुनै कसुर छोड्दैन
तिम्रो खुशीमा हास्न होइन, तिम्रो दुखमा ठिक्क पर्यो ,लुखाइस्,खुच्चिम भन्दै नाच्न, रमाउन खपिस छु भनेर देखाउन छोड्दैन
पिंडामा झरेको आसु
अनि आसुले प्रत्येक रात भिजाएको सिरानी नदेख्ने समाज तिम्रो मुस्कान भित्र लुकेको अथाह पिंडा कसरी देखोस् ।
गर्दन समाउनेले क्रन्दन कसरी महसुस गरोस् ।
आफ्नो खुशी अनि तिम्रो दुखको परचार हुन्छ,
आफ्नो दुख अनि तिम्रो उन्नति एउटा कुनामा लुकिरहन्छ
तिम्रो व्यथाले रुँझेको तिम्रो मनलाई निचोरिन्छ,
सानो पारेर अहमको सिलौटामा पिसिन्छ
अनि नुन चुक छरेर तिमीलाई यति कमजोर मुलायम बनाइन्छ,नचपाइ त्यसै निलेरै सिध्याइन्छ
त्यसैले तिमी आफै बलियो हुनु पर्छ
तिमी ढले पनि तिमीलाई उठाउन कोही आउँदैन्न्,
तर लात प्रहार गर्ने धेरै हुन्छन्
छैन धर्म देह त्यागमा, अझ तिनीहरु कै अहम,उर्जा,मपाई, हेपाइ पाप बढिरहन्छ्न्
थाह छ, अर्कै युग आएको छ
मेल र मिलापमा बिलाप छाएको छ
छोरा छोरी एकातिर आमा बुवा अर्कातिर
भेट हुन पनि गार्हो छ, साताको अन्तिमतिर
कतै सुख धेरै भए, दुख पर्दा सम्हालिन सकेनन्
कतै दुख धेरै भए, सुखको सदुपयोग गर्न जानेनन्
त्यसैले तिम्रो लागी तिमी नै हौ
साल नाल खाल्डोमा पुर्न सिकेका
तिमीलाई पुर्न खाल्डो खनिरहुन्, तर तिम्रो आत्मबलले माटो बनि पुरिरहोस् ती खाल्डाहरु
त्यही पुरिएको जमिनमाथी तिम्रो स्वाभिमान, इमान अनि लगनको पिल्लर उठोस्
तिम्रो उचाइले तिमीमा होचो अहम नभरोस्
आमा बाबाको आखाँ सम्झनु,
अनि उनैका आखाँमा झुल्किने एउटै तिम्रो सपना
अनि त जिन्दगी जस्तो प्यारो केही लाग्दैन
तिम्रो खुट्टा तान्ने को खुट्टा भाचिन्छ
तिम्रो साहसी धर्ती हल्लाउन खोज्नेको , स्वतः उनै कमजोरको जमिन भासिन्छ
तिरस्कार गर्नेलाइ तीर अनि तिमीलाई कार मिल्नेछ
दुर्व्यवहार गर्नेलाइ बहिस्कार तिमीलाई स्वीकार मिल्नेछ
दुराचारीलाई उपहास अनि तिमीलाई अट्टहास मिल्नेछ
जिउँदामा ढुङ्गा,अनि मरेपछी फुलको के अर्थरुरु
छन् राम तिमी भित्रै,रावणले जितेमा हुनेछ अनर्थ
त्यसैले तिमी आफैं बलियो हुनुपर्छ
तिम्रालागिअरु कोही होइन तिम्रालागी तिमी नै हौ
तिम्रालागि तिमी नै हौ