असार २० गते २०७७

पुर्ब वडाअध्यक्ष गुरुङ्गले दिए टोलबासीलाई राहत रकम

पोखरा असार २० । पोखरा महानगरपालिका वडा नं १७का पूर्व अध्यक्ष भरतबहादुर तमुले आफुले स्थापना गरेको बस्तीमा रहेका १५० घरधुरीलाई आर्थिक सहयोग गरेका छन । कोरोना संक्रमणका कारण समस्यामा परेका न्युन आए भएका परिवारको पहिचान गरी उनले ब्यात्तिगत रुपमा ३ लाख रुपैया बितरण गरेका हुन । गुरुङ्गले तत्कालिन समयमा सुकुम्वासी ब्यबस्थापन गर्ने क्रममा पोखरा रातौप्रह स्थित हनुमान टोलमा बस्ती बसालेका थिए । तत्कालिन समयमा घरबार नभएका सुकुम्वासीहरु लाई आश्रय दिएको स्मरण गर्दे कोरोना महामारीले परेको असरमा सहयोग पुग्ने हेतुले आर्थिक सहयोग उपलब्ध गराएको गुरुङ्गका परिवारले जानकारी दिएका छन । हाल अमेरीका बस्दै आउनु भएका गुरुङ्गले प्रतिहव्यक्ति २ हजारको दरले आर्थिक सहयोग गर्नुभएको हो । एक कार्यक्रमको आयोजना गरि पोखरा– १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य राधिका शाहि योगि, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १७ नं वडा कमिटिका अध्यक्ष सुबाश ढुंगाना, नेकपा कास्की जिल्ला सचिवालय सदस्य ओम बहादुर पौडेल तथा वडा सदस्य तारा सेवा, बैकुण्ठ भण्डारी लगायत उहाँको परिवारको उपस्थितीमा रकम हूतान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा परिवारका तर्फबाट पत्नी, शिला तमु, छोरी÷ज्वाईहरु शन्ध्या तमु श्रीप्रसाद तमु, विन्ध्या तमु, आरती तमु र छोरी बुहारि कैलाश तमु पवित्र तमु उपस्थित भएका थिए । कार्यक्रममा वडा अध्यक्ष तिर्थराज अधिकारीले नेकपा सबै बर्ग,क्षेत्र तथा समुदायको साझा पार्टी भएको र पुर्ब वडाअध्यक्ष तमुको सहायताले पनि जनप्रतिनिधीको पहिचानमा टेवा पुगेको बताउनु भयो । कार्यकाल सकिए पछि पनि आफ्नो क्षेत्रका जनता प्रति उत्तरदायि र संबेदनशिल भैरहने परिपार्टी कम्युनिष्टहरुमा मात्र संभव हुने उहाँको भनाई थियो । कार्यक्रममा नेकपा सचिवालय सदस्य ओम बहादुर पौडेलले गरिव साहारा कम्युनिष्ट मात्र भएकाले भ्रममा नपर्ने सबैलाई आग्रह गर्नुभयो । त्यसैगरि नेकपा वडा कमिटि अध्यक्ष शुभाश ढुंगानाले पार्टी अनुसारको जनप्रतिनिधिहरुको पनि चरित्र फरक हुने उल्लेख गर्नुभयो । सर्बहाराको नेतृत्व गर्नेहरुलाई मात्र मजदुरको पिडा थाहा हुने भएकाले अमेरीका बसेर पनि वडाको चिन्ता गरेकोमा उहाँले तमुुलाई बिषेश धन्यबाद दिनु भयो । महानगर कार्यपालिका सदस्य राधिका शाही योगिले कोरोना संकट समाधानमा यस्ता सहयोगले समस्यामा परेका ब्याक्ति तथा परिवारलाई राहत पुग्ने बताउनु भयो । कार्यक्रम मा स्वागत मन्तव्य नेकपा टोल कमिटीका अध्यक्ष विस्नु बिस्वकर्माले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन हनुमानटोल सुधार समितिका सचीव कृष्णराज गुरुङ्ले गर्नुभएको थियो।