असार २६ गते २०७७
पानीको सतह यो बर्षकै उच्च
२६ असार, काठमाडौं । कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ । अर्को ६ घण्टा पनि धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले प्रदेश १, २, ५ र गण्डकी प्रदेश भइ बहने नदीहरुमा पानीको बहाव खतराको संकेतसम्म पुग्ने महाशाखाले जनाएको छ ।