श्रावण ४ गते २०७७
लमजुङमा जिप दुर्घटना हुदाँ ७ गभ्भीर
लमजुङ्ग, ४ साउन, प्रमोद अधिकारी ।
लमजुङ्गको बेशिशहर नगरपालिका १ स्थित गाईखुरे झरना नजिकै जिप दुर्घटना हुदाँ ७ जना घाईते भएको छन । उनिहरु गाईखुरे झरनाबाट फर्कने क्रममा ग ३ च १५२५ नम्बरको बोलेरो जीप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा बेंसीशहर नगरपालिका ८, नारायणस्थानमा बस्दै आएका ४२ बर्षीय बालकृष्ण श्रेष्ठलगायत उहाँका परिवारका ५ जना, छिमेकी र आफन्तका २ जना घाइते भएका छन् । बालकृष्ण आफैले जिप चलाएको बताइएको छ । उक्त जिप सडकबाट करीब १५ मिटर तल खस्दा उहाँकी श्रीमती ३५ बर्षीया सीता श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ ।
प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार गम्भीर घाइते सीतालाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकी पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ । अन्य घाईतेहरुमा ६ बर्षीय छोरा विनायक श्रेष्ठ, १३ बर्षीया छोरी स्मृति श्रेष्ठ, ११ बर्षीया छोरी स्नेह श्रेष्ठ, बालकृष्णका भाइको छोरा ८ बर्षीय युनिक श्रेष्ठ र छिमेकी गोविन्द श्रेष्ठको छोरी १३ बर्षीया स्मृति श्रेष्ठ रहेका छन् । घाइते ५ जनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।