श्रावण ५ गते २०७७

बाढी प्रभावित क्षेत्रमा देब गुरुङ्ग

असार ५। लमजुङ्ग जिल्लाको बिभिन्न स्थानमा गएको बाढी र पहीरोका कारण बिस्थापित तथा ज्यान गुमाएका आफन्तहरु संग नेकपा प्रमुख सचेतक देब गुरुङ्गले भेटघाट गर्नुभएको छ । जिल्लाका अति प्रभावित तथा प्रभावितहरु संगको प्रत्यक्ष कुराकानी तथा घेटभाट पछि उहाँले राज्यले पिडितहरुका लागि सबैखाले ब्यबस्था मिलाउन आबस्यक रहेकोमा जोड दिनु भएको छ । संबन्धीत निकाय या सरकार संग पिडित परिबारका लागि आबस्यक बसोबास तथा जिविकोपार्जनको ब्यबस्था मिलाउने बारेमा संबे्दनशिल रुपमा लागि पर्ने गुरुङ्गको भनाई थियो ।
उहाँले निरन्तर तथा अविरल बर्षाको कारण लमजुङ्गमा असार २९ गते मध्यनेपाल नगरपालिका १,२,३,४, ५,६,९ वडामा बाढीपहिरो तथा खोलाले पुर्याएको क्षतिको अबलोकन गनुभएको छ ।
बाढीपहिरोको कारण करीव १५० घरधुरी उच्च जोखिममा तथा धेरै घरहरू पूर्ण रुपमा क्षती पुगेको छ भने ५० घरधुरी सम्पूर्ण अन्नवाली, घरभित्रका सम्पूर्ण सामानहरू पूर्ण रूपमा नष्ट भएकाले तत्काल आबस्यक राहात प्याकेज सहित उचित बसोबास स्थानसहितको व्यवस्थापन गरिनुपर्ने गुरुङ्गले जानकारी दिनुभयो ।
यसैगरि बाढीपहिरो प्रभावित क्षेत्र मध्यनेपाल नगरपालिका १,२,३,४, ५,६,९ वडामाखानेपानी र विद्युतको स्रोत तार, पोलहरु एवं पूर्ण रूपमा पुर्णरुपमा क्षति भएकाले तत्काल मर्मत तथा जडानका कार्यका लागि पनि जनप्रतिनिधीको हैसियतले र्निदेशन दिइसकीएको र उक्त कार्यमा ढिलाई हुन नदिने प्रतिबद्धता ब्यत्त गर्नुभएको उहाँका स्वकिय सचिव कमल खड्काले जानकारी दिनुभयो ।