श्रावण ६ गते २०७७
हवाई ढुवानी सेवा तुरून्त खोल्नु पर्छ – गणेश सिलवाल
बिगत चार महिना भन्दा लामो समयदेखि भइरहेको लकडाउनले नेपालमा कुनैपनि ब्यवसाय अछुतो रहेको छैन । कुरियर एवम् कार्गो ब्यवसायको कुरा गर्ने हो भने, यस ब्यवसाय पनि हायलकायल भएको छ । देशमा उत्पादन हुने हस्तबुनाका सामग्री देखि हरेक समानहरू नेपालबाट दैनिक हजारौं टन बिदेशमा जाने गर्दथे । जसले उत्पादक देखि यस ब्यवसायमा लागेका कयौं ब्यक्तिले रोजगारिको अवसर पाएका थिए भने देशमा करोडौं रकम भित्रिएको थियो र देशको अर्थतन्त्रलाई ठूलो सहयोग गर्नुका साथै, नेपाली उत्पादनको बजार, बिश्व बजार सम्म पुगेको थियो । Covid – 19 को कारण बिगत लामो समय देखि हवाइसेवा बन्द हुंदा, यस क्षेत्रसंग सम्वन्धित कयौंको रोजीरोटी गुमेको छ भने देशको अर्थतन्रमा पनि असर पारेको छ ।
Covid -19 ले प्रत्यक्ष प्रभाब पारेका बिश्वका कयौं देशहरूमा, अन्य क्षेत्रमा लकडाउन भएपनि हवाइ ढुवानीमा भने बन्देज लगाएको छैन तर नेपालको तर्फबाट हेर्ने हो भने, हवाइ ढुवानी सेवा बन्द हुंदा हवाइ माध्ययमबाट बिदेशबाट समान आउन र बिदेशमा जान सकिरहेको छैन । सरकारले दक्षिण भारतबाट आउने मालवहाक ट्रकहरू निर्वाद रूपमा नेपाल भित्रन दिइरहेको छ । चिनसंगको केरूङ्ग, तातोपानी नाकाबाट पनि नेपालमा समान ल्याउन दिइरहेको छ । तर हवाइमाध्ययमबाट समान जानलाई बन्देज गर्दा हवाइ कार्गो एण्ड कुरियर क्षेत्रमा ठूलो असर पारेको छ । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या घट्दै जांदा, सरकारहे हरेक क्षेत्रहरू खोल्दै लगेको छ । सार्वजनिक यातायात सेवा खोलिसकेको छ । भाइरसको डर र भए मानिसको मानसपट्लबाट हट्दै जान थालेको यस परिस्थितिमा सरकारले हवाइसेवा सञ्चालन गरेर नेपालबाट अन्य मुलुकमा निर्वाध रूपमा समान ल्याउन र लैजानको लागि बाटो खोल्नु पर्दछ । घरभाडा, बैंकको किस्ता देखि कुनैपनि बिषयमा कतैबाट पनि छुट नहुंदा, स्थिति सहज बन्दै गएपनि कुरियर ब्यवसायीहरू मर्कामा परेका छन । कुरियर क्षेत्र देशको उत्पादकत्वसंग जोडिएको हुंदा यसको क्षेत्र बिशाल हुन्छ त्यसैले सरकारले अभिलम्व हवाईसेवा सञ्चालन गर्न दिएर समानहरू इम्पोर्ट र एक्सपोर्ट गर्न सहज बनाउनु पर्दछ ।
मानिसको माध्ययमबाट कोरोना भाइरस फैलिएनि, कुनैपनि कार्गो समानबाट फैलिएको बिश्वमा कुनै रेकर्ड छैन । त्यसैले सरकारले यसबाट डराएर कुरियर व्यवसायलाई व्यवास्ता गर्दै कानमा तेल हालेर बस्नुपर्ने कुनै कारण छैन । नेपालको हरेक समानहरू बिश्वबाजारमा पुग्नुपर्दछ र नेपाली उत्पादनले बिश्व बजारमा आफ्नो छुट्टै स्थान राख्नु पर्दछ । त्यसैले सरकारले राष्ट्रिय गौरभ र राष्ट्रिय अर्थतन्त्रसंग जोडिएको यस कार्गो एण्ड कुरियर ब्यवसायलाई पनि बिशेष प्राथमिकता दिएर छिटै हवाइ ढुवानी सेवा सञ्चालन गर्नु पर्दछ । त्यसो गर्दा धरासायी बन्दै गएको कुरियर एण्ड कार्गो ब्यवसाय र प्रत्यक्ष अप्रत्यक्ष त्यससंग सम्वन्धित भएका ब्यक्तिहरूलाई रहात मिल्ने थियो र देशको अर्थतन्त्रमा टेवा पुग्ने थियो ।
– लेखक `गणेश सिलवाल’ बिगत लामो समय देखी नेपालमा कार्गो एवम् कुरिएर ब्यवसाय गर्दै आएका छन । उनी First Way Exposrt & Cargo का CEO हुन ।