श्रावण १६ गते २०७७

दुरी र सुरक्षा प्रबन्ध सहितको पार्टी प्यालेस चल्न पाउनुपर्ने

पोखरा, साउन १६ ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघले सामाजिक दुरी तथा स्वस्थ्य प्रबन्ध मिलाएर ब्यबशाय सञ्चालन गर्न माग गरेको छ । महासंघका अध्यक्ष लिला बहादुर जिसीको नेतृत्वमा गृहमन्त्री राम बहादुर थापा ( बादल) लाई ज्ञापनपत्र बुझाउदै ब्यबशायी नमर्ने र जनताको सुरक्षालाई पनि ख्याल पुर्याउदै ब्यबशायि खोल्न माग गरिएको हो । कोरोना संक्रमणका कारण अन्य ब्यबशाय सञ्चालनमा आएपनि क्याटरीङ्ग ब्यबशाय सञ्चालनमा रोक लगाइएको छ । ब्यबशाय सञ्चालनका बिषयमा अनिस्चीत भएका कारण सरकारी स्तरबाट हालसम्म कुनै ठोस कदम नचालिएको र ब्यबशाय आश्रित ब्यबशायी तथा मजदुरहरुको बारेमा पनि सरकार मौन रहेका कारण ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको अध्यक्ष जि.सिले जानकारी दिनु भयो ।
ब्यबशाय संचालनको ब्यवस्था मिलाउने बारे आबस्यक छलफल पछि र्निणय लिने सो अबसरमा गृहमन्त्री बादलले आस्वस्तत पार्नुभयो ।
ज्ञापनपत्र बुझाउने क्रममा प्रतिनिधिसभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि सहभागी हुनुहुन्थ्यो ।