श्रावण ३२ गते २०७७

लमजुङको मध्यनेपाल भदौ १ बाट बन्द

प्रमोद अधिकारी, बेसीशहर लमजुङ

कोरोना भाइरस कोभिड– १९ संक्रमण बढ्दै गएपछि भदौं १ गतेबाट मध्यनेपाल नगरपालिकाका अत्यआवश्यक बाहेकका सबै सेवा बन्द हुने भएको जानकारी प्राप्त भएको छ । उक्त नगरपालिकाले आज सूचना जारी गर्दै सो कुरा बताइएको हो ।
कोरोना भाइरसको बढ्दो संक्रमणको कारण जोखिम न्यूनिकरण गर्न नगरपालिका भित्र अत्यआवश्यक सेवा बाहेक अन्य सेवाहरु अर्को सूचना नभएसम्म भदौं १ गतेबाट लागू हुने गरी बन्दाबन्दी गर्न लागिएको नगरप्रमुख रमेशकुमार पाण्डेद्धारा हस्ताक्षर गरिएको सुचनामा उल्लेख गरिएको छ । उक्त मितिबाट लागू हुने गरी नगरपालिकाको कार्यालय, अन्य सबै कार्यालयहरु, उद्योग, ब्यवसाय, बैंक, बित्तिय संस्था, मेला जात्रा बन्दी गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले गरेको बन्दाबन्दीले पर्न जाने असुविधा प्रति दुःख समेत नगरपालिकाले ब्यक्त गरेको छ ।
त्यस्तै खाद्यान्न तथा तरकारीको लागि भने बिहान ६ बजेदेखि १० बजे र दिउसो ४ बजेदेखि साँझ ६ बजेसम्म भौतिक दुरी कायम गरी खोल्न पाइने भएको छ । घर बाहिर हिडडुल गर्नु परेमा अनिवार्य मास्क लगाएर कोभिड १९ लाई रोकथाममा सहयोग गर्न समेत नगरपालिकाले सूचना मार्फत अनुरोध गरेको छ । यस नगरपालिका छिमेकी जिल्ला कास्की र तनहुँसँग जोडिएको छ । नगरपालिकाभित्र विभिन्न स्थानबाट समेत विभिन्न ब्यक्तिहरु प्रवेश गर्ने र यहाँका नगरपावासीहरुको समेत भीडभाड बढेकाले कोरोनाको जोखिम बढ्न थालेपछि नगरपालिकाभित्रको अत्याआवश्यक बाहेकका सबै सवा बन्द गर्नु पर्ने अवस्था आएको नगर प्रमुख पाण्डेको भनाई छ ।