भाद्र ५ गते २०७७

यसरी मनाऔै यो बर्षको तिज

यो वर्षको तिजको, राम्रो छैन साइत
नाचौं गाउँ आफ्नै घरमा, नजाउँ माइत २
विश्व सबै डुबेको छ, कोरोनाको पिरमा
बाँचे भने खाउँला दर, अर्को तीजमा २
नजानु है दिदि बैनी, भिड भाड भोजमा
कोरोनाको महामारी, टोल टोलमा २
हात मुख धोएर, सेनीटाईजर् लाएर
टाढा टाढा बस्नुहोला, माक्स लाएर २
संक्रमित सबैमा, स्वास्थ्य लाभको कामना
सचेत रहनु स्वास्थ्य रहनु, शुभकामना २

डा. भीमा ढुगांना