भाद्र ७ गते २०७७
(आज)आइतबारको मौसम कस्तो रहला
भदौ ७,
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको जनाएको छ ।
महाशाखाले न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल देशको अधिकांश स्थानहरुमा सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाकी प्रदेशका एकरदुई स्थानहरुमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।
आइतबार पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, गण्डकी प्रदेश एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भने, प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।