भाद्र ७ गते २०७७
६७ वर्षीय बृद्ध आँफु बाँचे, चितुवा मारे
प्रमोद अधिकारी
भाद्र ७, २०७७
लमजुङ बेसीशहर नगरपालिका ९ साम्दीका ६७ वर्षीय हरिबहादुर थापा घाँस काट्न घरबाट निस्किएको केही समयमा नै एक्कासी पोथी चितुवासँग जम्काभेट भयो । आहाराको खोजीमा घरतर्फ आइरहेको चितुवाको निशाना थापा माथि प¥यो । पहिलो भेटमै चितुवाले थापालाई आक्रमण गर्दै खेतको गह्रामा हुत्ताइदियो । घर नजिकैको धानबारीमा लडेका थापाले आफ्नो आत्मबल उच्च बनाउदै आक्रमण गर्ने चितुवालाई नै आक्रमण गर्न उत्रिनु भयो । चितुवाले फेरी आक्रमण गर्न ेक्रममा देब्रेहातले छिक्दै दाईने हातमा आफूसँगै रहेको खुर्पाले चितुवाको नाकमै हाने पछि चितुवा पनि घाइते भयो । सो मौका छोपी थापाले खुर्पाले चितुवालाई पटक पटक हाने ।
हरिबहादुरका छोरा रामप्रसादले भन्नुभयो ‘बुवाले एक हातले छेक्दै अर्को हातमा भएको खुर्पाले हानेर बाँच्न सफल हुनुभयो । नत्र जे पनि हुन सक्थ्यो उहाँले भन्नभुभयो । खुर्पाले प्रहार गरेर चितुवाको टाउको, नाकको डाँडी, खुट्टामा चोट लाग्यो । केहीबेरमा चितुवा म¥यो। हरिबहादुरको पनि हातखुट्टामा चोट लाग्यो । उहाँको उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा लगिएको थियो । तर सो अस्पतालमा रेविजको औषधी अभाव भएपछि काठामाडौमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो । उहाँका अनुसार घाईते थापाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
मरेको चितुवा डिभिजन बन कार्यालय परिसरमा ल्याएर खाडल खनेर पुरेको छ । प्रहरी, सञ्चारकर्मी, स्थानीय लगायतको रोवहरमा डिभिजन कार्यालयले पुगरेको छ । चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख मोहन काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, घटनालाई बुझ्दा आक्रमण गर्ने क्रममा नै चितुवा मारेको बुझिएको र यस्तो अवस्थामा कानुन नलाग्दैन । तरपनि हामीले थप अनुसन्धान भने गर्छौ उहाँको भनाई छ । राहत सहयोगसम्बन्धी निर्देशिका २०६९ अनुसार जंगली बन्यजन्तुहरु चितुवा, हात्ती, बाघ, भालु, अर्नाले पु¥याउने मानविय, पशुधन र अन्नबालीको क्षतिको राहत उपलब्ध गराउने प्रावधान छ ।