भाद्र ७ गते २०७७
पोखरामा ५ दिन थपियो निषेधाज्ञा
पोखरा, भदौ ७
कास्की प्रशासनले जारी गरेको निषेधाज्ञा ५ दिनका लागि थपेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भदौ २ गते मध्यरातिदेखि प्रशासनले जारी गरेको निषेधाज्ञा गरेको थियो ।
यस अवधिमा कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन, हरितालिका तीज र ऋषिपञ्चमी जस्ता चाडपर्वमा मानिसको आवत–जावत रोक्न निषेधाज्ञा जारी गरिएको थियो।
निषेधाज्ञाका बाबजुद कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि ५ दिनका लागि थपेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए।
निषेधाज्ञाको अवधि थप्न पोखरा महानगरले गरेको प्रस्ताव र विज्ञसँग सल्लाह गरेर थपिएको उनले बताए। निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पूर्ण कार्य तथा सेवा बन्द रहनेछन्। प्रशासनले जारी गरेको निषेधाज्ञामा खाद्यान्न, फलफूल, तरकारी, माछा, मासु, दुध, डेरीजन्य पसलहरू बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने उल्लेख छ।