प्रमोद अधिकारी, लमजुङ भाद्र ७, अवैध जंगली जडीबुटी लुकाएको आरोपमा पहाडी जिल्ला लमजुङमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बेसीशहरबाट खटिएका प्रहरीले बेँसीशहर नगरपालिका वडा नं. ७ क्याम्पस रोडका ३८ वर्षीय सिद्धिमाया तामाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।
अवैध रुपमा घरमा जडिबुटि लुकाएको भन्न विषेश सूचनाको आधारमा तामाङको घरमा खोजतलासी गर्नेक्रममा जडिबुटी लुकाइ राखेको फेला पारेपछि जडिबुटी सहित तामाङलाई पक्राउ गरिएको प्रहरी निरिक्षक पुनले बताउनु भयो । तामाङको घरमा लुकाइ राखेको अवस्थामा डालिङ (गुरुङ भाषामा टलिट) ४७६ दशमलव १ केजी, बन लसुन १५४ केजी, जटामसी १४ दशमलव ९ केजी, कुड्की २४ दशमलव ६ केजी, सुगन्धवाल १८ दशमलव ३ केजी, सतुवा ४ दशमलव ४ केजी, बन आलु २ दशमलव ८ केजी गरी ६९५ दशमलव १ केजी बरामद गरिएको प्ररही निरीक्षक पुनको भनाई छ । उहाँका अनुसार ती सम्पूर्ण जडिबुटीको मुल्य करिब २२ लाख ९१ हजार ३ रुपैयाँ रहेको छ ।
पक्राउ गरेर तामाङलाई डिभिजन बन कार्यालय लमजुङलाई बुझाइएको छ । तामाङलाई थप अनुसन्धान गरिने डिभिजन बन कार्यालयका प्रमुख मोहन काफ्लेले बताउनुभयो । अनुसन्धान गर्ने र कति अवैध हो, अति बैध छ त्यसको यकिन गरिएपछि बन ऐन २०७६ बमोजिम आवश्यक कारबाही हुने कुरा डिभिजन वन कार्यालयका प्रमुख काफ्लेले गण्डकी सन्देशलाई बताउनु भयो ।
बाढी पूर्वानुमान महाशाखाले आज महाकाली,पश्चिम राप्ती,तिनाउ जलाधारका सहायक नदीहरु, नारायणीका सहायक नदीहरु त्रिशुली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । महाशाखाका अनुसार आकस्मिक...
Read More
असोज।पोखरा ४ स्थित नेलम्बो नेपालले आइतवार एक कार्यक्रमका बीच माछापुच्छे« गाउँपालिका ६ स्थित भेडावारी प्राथमिक स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । उक्त क्षेत्रमा हाल ४...
Read More
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो छ महिनामै १२ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्ष प्राधिकरणको कुल नाफाको तुलनामा दोब्बर हो । प्राधिकरणले...
Read More
निर्वाचन आयोगले मतगणनासुरु भएको बढीमा ५ दिनभित्र मतगणना सक्न निर्देश गरेको छ । सानातिना विषयलाई ठूलो मुद्दा बनाई विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा...
Read More