भाद्र ८ गते २०७७
देउवालाई काउन्टर दिए शशांकले
८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा आफूले शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनको भनाइ छ । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहे पनिदेउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताए । यद्यपि सभापतिको उम्मेदवार बन्न संस्थापन इतरको समूहमा धेरै नेताहरुको दाबी रहेको स्वीकार गरे । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको नाम लिएका उनले सबै मिलेर एक जना उम्मेदवार बन्नुपर्ने बताए ।
‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरुले पनि सक्दैन’ उनले भने, ‘ग्यारेण्टीका साथ भन्छु शेरबहादुरजीलाई हराउने व्यक्ति म बाहेक अरु छैन ।’उनले पार्टीमा मनोमानी गरेको भन्दै देउवाको आलोचना गरे । महाधिवेशन नजिकिँदै गर्दा भोटका लागि विभाग गठन गरेको र विधान विपरित भयो भनेर आफूहरुले विरोध गर्दा नसुनेको भन्दै उनले महाधिवेशनबाट यसको जवफ दिनुपर्ने बताए । कोइरालाले भने, ‘उहाँले मनोमानी गर्नुभयो । हाम्रो विरोध पनि सुन्नु भएन । महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्यो । किनकी अरु विकल्प छैन ।