भाद्र ८ गते २०७७

पहिरो पिडितका लागि जापानबाट सहयोग संकलन

प्रमोद अधिकारी
२०७७ भाद्र ०८

लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नम्बर ३ तरापु पल्लोटारीमा मिति २०७७ साल श्रावण ७ गते बिहान करिब ९ः ४५ बजे अविरल वर्षासँगै आएको पहिरोमा परी विस्थापित भएका नागरिकको राहत र पुनर्स्थापनाका लागी थोरै भएपनि पीडामा मलम लगाउने उद्देश्यले लम्जुङ्ग जापान युनिटी जापानको तर्फबाट लम्जुङ्ग जापान युनिटीका संयोजक भाई अनिल थापा लगायतका साथीहरुको सहयोगमा तरापु पल्लोटारी पहिरो पिडितको सहयोगार्थ नगद रु १,३३,५१२ अक्षरुपाी एक लाख तेत्तीस हजार पाँचसय बाह्र रुपैया मात्र सहयोग जम्मा भएको छ । यस्तै सोहि गाउँपालिका वडा नम्बर ९ सुबेदीगाउँ निवासी मृगौला पिडित शेर बहादुर अधिकारीलाई नगद रु २०,००० अक्षरुपी बीस हजार रुपैया मात्र सहयोग गर्ने निर्णय पनि गरिएको छ । यो सहित कुल रकम नगद रु १,५३,५१२ अक्षरुपी एक लाख त्रिपन्न हजार पाँच सय बाह्र रुपैया मात्र जम्मा भएको छ ।
यस अभियानमा अभियन्ता विकास भण्डारीले रकम सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यबाद दिदै निम्न सहयोगी व्यक्तिहरुको नाम र सहयोग रकम गण्डकी सन्देशलाई टिपाउनु भयो ।

१. अनिल थापा हिमेजी जापान० १०,००० येन
२. अच्युत घिमिरे कोबे जापान० ५,००० येन
३. मकन प्रसाद तमाङ खानागावा जापान० ५,००० येन
४. सम्झना भण्डारी चिबा जापान० १०,००० येन
५. सृस्टी थापा सिजुओका जापान० ५,००० येन
६. मनोज खत्री टोकियो जापान० १०,००० येन
७. रबिन्द्र घिमिरे टोकियो जापान० ५,००० येन
८. हरिकृष्ण अधिकारी टोकियो जापान० ५,००० येन
९. केशब अधिकारी चिबा जापान० १०,००० येन
१०. नारायण पौडेल टोकियो जापान० ७,००० येन
११. जीवन रिमाल ओसाका जापान० ५,००० येन
१२. राजेन्द्र घिमिरे न्युयोर्क अमेरिका० १७,०३६ रुपैया
१३. राजेश तमाङ साइतामा जापान० ५,००० येन
१४. करुण अधिकारी हिमेजी जापान० १०,००० येन
१५. निरा तमाङ साइतामा जापान० १०,००० येन
१६. केदार बस्नेत नागोया जापान० ५,००० येन
१७. सुबाश पौडेल टोकियो जापान० ५,००० येन
१८. दुर्गा घिमिरे भण्डारी चिबा जापान० ५,००० येन
१९. दिपेन लिम्बु हिमेजी जापान० २,००० येन।

२०. प्रकाश थापा हाल इंडिया ५००० रुपैया
जम्मा १,१९,००० येन र २२,०३६ नेपाली रुपैया गरि रकम लिँदाको दिनको रेट अनुसार १,५३,५१२ रुपैया