भाद्र ९ गते २०७७
लमजुङ–अमेरिका समाजद्वारा पहिरो पिडितहरुलाई नगद सहयोग
प्रमोद अधिकारी, लमजुङ
भदौ ९, मंगलबार
लमजुङका बिभिन्न स्थानका पहिरो पीडितलाई लमजुङ–अमेरिका सेवा समाजले नगद रु. ८ लाख सहयोग गरेको छ ।
पहिरोबाट घर पूर्ण रुपमा भत्किएर घरबार विहिन भएका लमजुङ जिल्लाका ८ वटै स्थानीय तहका ४७ घरपरिवारलाई लमजुङ अमेरिका सेवा समाजले ८ लाख २० हजार रुपैंया नगद आर्थिक सहयोग गरेको हो । कस्तो खालको क्षति हो एकिन गरेर अथवा क्षतीको प्रकृति हेरेर प्रति परिवार ५ हजारदेखि २० हजार रुपैंयासम्म सहयोग गरिएको लमजुङ अमेरिका–सेवा समाजका अध्यक्ष शशि थापाले गण्डकी सन्देशलाई जानकारी दिनुभयो ।
सहयोग रकम पाउनेमा मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ पल्लोटारीका मात्रै २४ घरपरिवार रहेका छन् । यही साउन ५ र ७ गते अविरल वर्षासँगै आएको पहिरोले पूर्ण घर भएको २४ परिवारलाई प्रतिपरिवार २० हजारका दरले ४ लाख ८० हजार रुपैंया सहयोग गरिएको थियो ।
लमजुङ अमेरिका सेवा समाजले सहयोग संकलन गरि पठाएको रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर लमजुङका स्थानीय नेता एवं समाजसेवी जीवनकुमार श्रेष्ठ र संचारकर्मी एवं काठमाडौं नेचुरोपेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेले हस्तान्तरण गर्नुभएको थियो । केही स्थानमा भने लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, प्रहरी नायब उपरीक्षक गंगा थापाको उपस्थितिमा पीडितलाई सहयोग हस्तान्तरण गरिएको थियो ।
लमजुङ – अमेरिका सेवा समाजले प्राकृतिक विपत्तिमा परेकालाई यसअघि पनि यस प्रकारको सहयोग गर्दै आएको थियो । आगामी दिनमा पनि यस्तै परोपकारी कार्यलाई निरन्तरता दिइने अध्यक्ष थापाले जानकारी दिनुभयो ।