भाद्र ९ गते २०७७

पत्रकारका कारण ब्रजिलका राष्ट्रपति अप्ठ्यारोमा

भदौ ९ । काठमान्डौ ।
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारुकी श्रीमतीको खातामा पैसा हालिएको सम्बन्धमा पत्रकारले प्रश्न सोधेका थिएतस्बिर
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारुकी श्रीमतीको खातामा पैसा हालिएको सम्बन्धमा पत्रकारले प्रश्न सोधेका थिए
यदि सोमवार तपाईँले ब्रजिलको ट्विटर नियाल्नुभएको भए एउटा प्रश्न दोहोर्‍याइ(तेहर्‍याइ आइरहेको देख्नुभयो होला।
ूराष्ट्रपति महोदय, तपाईँकी श्रीमती मिशेलीले किन फाब्रिसियो केरोसबाट १६,००० डलर लिनुभयोरुू भन्ने प्रश्न १० लाख पटक ट्विटरमा सोधिएको छ।
उक्त प्रश्न सुरुमा राष्ट्रपति जाइर बोल्सोनारुलाई एक पत्रकारले आइतवार सोधेका थिए।भ्रष्टाचारसम्बन्धी एउटा काण्डमा आफ्नी पत्नी मुछिएकोबारे प्रश्न सोधेको भन्दै बोल्सोनारुले एक पत्रकारलाई कुट्ने चेतावनी दिएपछि उनको तीव्र आलोचना भइरहेको छ।
ओ ग्लोबो पत्रिकाका पत्रकारलाई बोल्सोनारुले मुखमा मुक्का बर्साउन चाहेको बताएको रेकर्ड भएको थियो। भ्रष्टाचारविरुद्ध कडा हुने बताउँदै आएका बोल्सोनारुको व्यवहारको ओ ग्लोबोले निन्दा गरेको छ। राष्ट्रपतिको प्रतिक्रियाको विरोधमा ब्रजिलमा लाखौँ मानिसले सामाजिक सञ्जालमा उनलाई क्रोधित बनाउन त्यही प्रश्न सोधिरहेका छन्।
राष्ट्रपति बोल्सोनारुका जेठा छोरा फ्लाभियो बोल्सोनारु रियो द जनिरो राज्यको विधानसभाका सदस्य हुँदा फाब्रिसियो केरोस उनका सहयोगी थिए।
जुन महिनामा केरोसलाई सार्वजनिक कोष हिनामिना गरेको आशङ्कामा पक्राउ गरिएको थियो।कैयौँ ब्याङ्क खातामा शृङ्खलाबद्ध रूपमा करिब सवा दुई लाख डलर राखेकोबारे उनीमाथि अनुसन्धान भइरहेको छ।एउटा पत्रिकाले गरेको अनुसन्धानमा केरोसले राष्ट्रपतिकी पत्नी मिशेली बोल्सोनारुको ब्याङ्क खातामा सन् २०११ देखि सन् २०१६ को बीचमा २१ वटा चेकमार्फत् पैसा हालेका थिए।

त्यतिखेर बोल्सोनारु राष्ट्रपति निर्वाचित भइसकेका थिएनन्। साथै केरोसकी श्रीमतीले पनि थप छवटा चेकमार्फत् उनको खातामा पैसा हालेको बताइएको छ।आइतवार राजधानी ब्रजिलियास्थित एक कथिड्रलको भ्रमणमा आएका राष्ट्रपति समक्ष पत्रकारहरू पुगेका थिए। ओ ग्लोबो पत्रिकाका पत्रकारले त्यही रकमबारे प्रश्न सोधेपछि राष्ट्रपतिले कुनै जबाफ नदिने बताएको पत्रिकाले उल्लेख गरेको छ।
दोस्रो पटक फेरि पत्रकारले त्यही प्रश्न सोधेपछि बोल्सोनारुले मुक्का हान्न चाहेको जबाफ दिएका थिए। उपस्थित अन्य पत्रकारले त्यस्तो जबाफ धम्की हो कि होइन भनेर सोध्दा राष्ट्रपति केही बोलेनन्। ब्रजिलको सञ्चारमाध्यमहरूको सङ्गठनले बोल्सोनारुको प्रतिक्रियाको निन्दा गरेको छ।
ऐजेन्सी