भाद्र ९ गते २०७७
राजसस्थाको बिरोध गरेका कारण फेसबुक ग्रुप नै बन्द
भदौ ९, काठमान्डौ ।
थाई राजसंस्थाको आलोचना गरेकाले कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले एउटा ग्रूपलाई थाईल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ।
ब्याङ्ककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानुनी उपचार खोज्ने फेसबुकले बताएको छ।
थाईल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्। तिनमा राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग गरिएको छ।
थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन। विदेशबाट ुरोयलिस्ट मार्किटप्लेसु नामक ग्रूप खोल्न मिल्छ। तर सोमवार साँझदेखि थाईल्यान्डमा त्यसलाई बन्द गरिएको छ।
थाईल्यान्डको राजपरिवारमा देखिएको उथलपुथलको वृत्तान्त
थाई राजाले ुअतिदुष्ट कर्मु गरेको आरोपमा छ कर्मचारीलाई हटाए ।उक्त ग्रूपमा १० लाखभन्दा बढी सदस्य छन्। उक्त ग्रूप सञ्चालन गर्ने पाफिन चाचाभाल्पोन्पनका अनुसार त्यसमा राजसंस्थाबारे गम्भीर छलफल गर्न पाइन्छ र र थाई नागरिकहरूलाई आफ्नो धारणा स्वतन्त्रतापूर्वक राख्न दिइन्छ। उनका अनुसार राजसंस्थाले गर्ने राजनीतिक हस्तक्षेपदेखि उसको सेनासँगको घनिष्ठ सम्बन्ध र राजाको शक्तिसम्म छलफल हुने गरेको छ।उनी स्वैच्छिक निर्वासनमा जापानमा भएका थाई प्राज्ञ हुन्।
BBC