भाद्र ९ गते २०७७
मन्त्रि र मुख्यमन्त्री हेरफेर गर्न ओली र प्रचण्डको गृहकार्य सुरु
भाद्र ९
मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेर गर्न ओली र प्रचण्डले थाले छलफल
काठमाडौं । पार्टीभित्रको विवाद समाधानतर्फ अघि बढेपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन र केही मुख्यमन्त्री हेरफेरका लागि छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
पार्टीको आन्तरिक विवाद समाधानाका लागि ६ सदस्यीय गठित कार्यदलले प्रतिवेदन बुझाएसँगै उनीहरु मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलमा जुटेका नेकपा स्रोतले जनाएको छ ।
महासचिव विष्णु पौडेल नेतृत्वको उक्त कार्यदलले शनिबार ओली र प्रचण्डलाइ बुझाएको प्रतिवेदनमा काम प्रभावकारी बनाउन केन्द्र र प्रदेश सरकारमा मन्त्री हेरफेरको प्रस्ताव गरिएपछि उनी आन्तरिक छलफलमा जुटेका हुन् ।
‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वय ओली र प्रचण्डको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डको आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’, उक्त प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।
सो प्रस्तावसहितको प्रतिवेदन बुझेका ओली र प्रचण्डले आफ्नो तर्फबाट मन्त्री बनाइने व्यक्ति छनौटबारे छलफलमा जुटेका हुन् । मंगलबार अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा सो प्रतिवेदनबो छलफल भएको छ ।
प्रतिवेदनप्रति सकारात्मक रहेका उनीहरुले यही भदौ १३ गतेका लागि सचिवालय बैठक बोलाएका छन् । सो बैठकमा सहमति जुटाएर त्यसपछि डाकिने स्थायी समिति बैठकबाट अनुमोदन गराएर मन्त्रिपरिषद् पुनर्गठन र केही मुख्यमन्त्री हेरफेर गर्ने ओली र प्रचण्डको तयारी छ । सोही तयारीको गृहकार्य स्वरुप उनीहरु आ–आफ्नो समूहमा छलफलमा जुटेका छन् ।
कार्यदल प्रतिवेदनमा ‘मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने’ उल्लेख छ । तर, ओली र प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनमा दुई वर्षभन्दाबढी मन्त्री रहेका र प्रभावकारी काम गर्न नसकेकाहरुलाई हटार नयाँ ल्याउने गरी छलफल भइरहेको छ ।
विशेषगरी भदौ २० गतेबाट अर्थमन्त्री युवराज खतिडाको कार्यकाल सकिँदैछ, यसैको आसपास मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी अध्यक्षद्वय ओली र प्रचण्डले छलफललाई अघि बढाएका छन् । मन्त्रिपरिषद् पुनर्गठन हुँदा ओली र प्रचण्डका मात्रै होइन वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि समेट्ने गरी छलफल भइरहेको छ । नेपाल समूह पनि सरकारमा सहभागी गराउने नेताबारे परामर्शमा जुटेको छ ।
ओली र प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी छलफलमा जुट्न थालेपछि मौजुदा मन्त्रीहरु आफ्नो पद सुरक्षित पार्न र अरु नेताहरु सरकार सहभागी गराउन भन्दै दौडधुपमा लागेका छन् ।